सोमबार, २४ कार्तिक, २०८२

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै शिखर इन्स्योरेन्स जुम्ला शाखामा ताला

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखामा ताला लगाएका छन्।

बिमा रकम भुक्तानीमा कम्पनीले बेइमानी गरेको आरोप लगाउँदै किसानहरूले शुक्रबार बिहान शाखा कार्यालयमा तालाबन्दी गरेका हुन्।

अभियान्ता हरि थापाका अनुसार किसानहरूले बिमा प्रिमियम तिरेर पनि दुई वर्षसम्म क्षतिपूर्ति नपाउँदा आक्रोशित बनेका हुन्।

‘स्याउ खेती नष्ट भएर किसान समस्यामा छन्, तर इन्स्योरेन्स कम्पनीले रकम नदिई पन्छिने प्रयास गरिरहेको छ,’ थापाले बताए।

किसानहरूले बिमामा समावेश स्याउबारी हिउँ, असिना र रोग–कीराले नष्ट भए पनि कम्पनीले नजाँचिएको र क्षतिपूर्ति नदिएको आरोप लगाएका छन्।

उनीहरूले बिमाको रकम तत्काल भुक्तानी नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

यस अघि पनि उक्त शाखामा किसानहरुले ताला लगाई विभिन्न चरणमा ताला लगाएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार