पातारासी गाउँपालिकमा घाँस काट्ने क्रममा एक महिलाको मृत्युु भएको छ।
पातारासी ४ को लुम गाउँको भेडालाइना भन्ने ठाउँमा घाँस काट्ने क्रममा भिडबाट लडेर सोही वडाकी कालिका नेपालीको मृत्यु भएको हो।
३० वर्षीय कालिकाको बुधबार दिउँसो करिव ४ बजेतिर घाँस काट्ने क्रममा मृत्यु भएको उनका श्रीमान् नन्न बहादुर नेपालीले जानकारी दिए।
घाँस काटिरहेकै अवस्थामा भिरबाट करिब २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको हो।















