सोमबार, २४ कार्तिक, २०८२

जुम्लामा जेनजी युवाहरुको रक्तदान कार्यक्रम

जुम्ला बजारमा ‘जेनजी जुम्ला’ युवा समूहको आयोजनामा शुक्रबार बिहान सफल रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

बिहान ८ बजेदेखि ११ बजेसम्म कृष्ण मन्दिर अगाडि सञ्चालन गरिएको कार्यक्रममा ३६ जनाले रगतदान गरेका छन्।

संकलित रगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बुझाइएको कार्यक्रम संयोजक शुनिल रोकायाले जानकारी दिए।

उनका अनुसार कार्यक्रममा स्थानीय युवायुवती, विद्यार्थी र स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रह्यो।

रोकायाले रक्तदान कार्यक्रमको उद्देश्य युवाबीच मानवता, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना बढाउने रहेको बताए।

जेनजी जुम्लाले आगामी दिनमा पनि यस्ता मानवसेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

स्थानीय बासिन्दा र व्यवसायीहरूले युवाहरूको यो प्रयासको प्रशंसा गर्दै यस्ता सकारात्मक अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार