राेल्पाकाे गंगादेव गाउँपालिकामा भ्रष्टाचार, बेथिति र अनियमितताको विरुद्धमा ध्यानाकर्षण तथा युवाहरुकाे सचेतता कार्यक्रम हुने भएको छ।
“विधिको शासन, समृद्ध गाउँः गंगादेब बनोस जनमुखी ठाउँ !” भन्ने मुख्य आशयले गंगादेब गाउँपालिका परिसरमै उक्त कार्यक्रमकाे आयाेजन गर्न लागिएकाे कार्यक्रमका मुख्य पहलकर्ता तथा सामाजिक अभियान्ता तेज विक्रम वलीले बताए।
उनका अनुसार कार्यक्रम आगामी २९ गते गाउँपालिकाकाे कार्यालय परिसरमा गरिने तय गरिएको छ। अहिले देश र समाज परिवर्तनमा अग्रणी भूमिका खेल्ने युवा शक्ति आज विभिन्न सामाजिक विकृति, भ्रष्टाचार, र असमानताको विरुद्ध उभिन जरुरी भइसकेको अवस्थामा गंगादेब गाउँपालिकाको युवाहरू पनि सचेत हुनुपर्ने अवस्थामा जनचेतना अभिवृद्धि तथा सकारात्मक हस्तक्षेपका लागि एक दिवसीय कार्यक्रमको आयोजना गरिएको वलीले बताए ।
अहिले याे कार्यक्रम विशेषगरी आयोजककाे रुपमा गंगादेब गाउँपालिका स्वतन्त्र युवा समूहकाे नामबाट गरिने भएको छ। कार्यक्रममा सहभागी भई आफ्नो विचार, आवाज र संकल्प प्रस्तुत गर्न सबै स्वतन्त्र देशभक्त र प्रगतिशील युवाहरुलाई आह्वान गरिरएकाे छ।
कार्यक्रमका प्रमुख एजेन्डाहरू:
१. भ्रष्टाचार, बेथिति र अनियमितताको विरुद्धमा ध्यानाकर्षण पत्र सार्वजनिक गरिने।
२. युवाहरूलाई स्वरोजगारमुखी बनाउन विभिन्न सिपमूलक तालिमहरू (जस्तै: Barber, Electrician, Driver, Mobile Repair, Sculpture, Animal Husbandry आदि) सम्बन्धी जानकारी र अवसरहरू प्रस्तुत गरिने।
३. लोकतन्त्रको सुदृढीकरण र दलतन्त्रको विकृतिको विरुद्ध जनचेतना अभिवृद्धि गरिने।
४. लासमाथि राजनीति बन्द गरौँ! दाहसंस्कार गर्दा पार्टीको झण्डा ओढाउने कुप्रथाको अन्त्यको पक्षमा सामूहिक धारणा बनाइने।
५. प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्त्व बोकेका वर-पिपलका विरुवाहरूको वृक्षारोपण गरिने















