शुक्रबार, २१ कार्तिक, २०८२

भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार

भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार भएको छ।भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको हो। ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेका थिए।

जुत्ता प्रहार गर्न्र अधिवक्तालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। भने थप अनुसन्धान अघि बढाएको हो।

दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११:३५ बजे सर्वोच्च अदालतको कोठा नं. १ मा भएको हो। ‘सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिए र सर्वोच्च अदालतको सुरक्षा इकाईलाई जिम्मा लगाए। उनी मायूर विहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य पनि हुन्,’ एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

जुत्ता प्रहार गर्ने अधिवक्ता प्रधानन्यायाधीश गवईले हालै मध्यप्रदेशको खजुराहो मन्दिर परिसरभित्रको भगवान् विष्णुको मूर्ति पुनर्स्थापना सम्बन्धी मुद्दाको सुनुवाइमा गरेका टिप्पणीबाट असन्तुष्ट रहेका खुलेको छ ।

गवईमाथि जुत्ता प्रहार गर्दा पनि उनी शान्त देखिए र अदालतमा रहेका वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरे। उनले भने, ‘यसबाट विचलित नहोस्, मलाई पनि फरक पर्दैन।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार