भोलि माइतीघरदेखि संघीय संसद भवन परिसर बानेश्वरसम्म विशाल प्रदर्शनको तयारीमा रहेको ‘जेन—जी’लाई काठमाडौंका मेयर बालेन साहले समर्थन गरेका छन्।
मेयर साहले २८ वर्षमुनीका नयाँ पुस्ताको स्वतःस्फूर्त आन्दोलनमा आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरूलाई सहभागी नहुन आग्रहसमेत गरेका छन्।
उनले आफूलाई पनि आन्दोलनमा सहभागी हुन मन भएको तर नयाँ पुस्ताको आन्दोलनमा आफ्नो उमेरका कारण जान नमिल्ने भए पनि आफ्नो भरपुर समर्थन रहेको बताएका छन्।
बालेनले भने, ‘भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा Gen Z को हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु।
मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला।
म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’
अन्तमा बालेनले सोधेका छन्, ‘प्रिय Gen z, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ?’
















