बिहीबार, १७ बैशाख, २०८३

पुनः कर्णाली राजमार्ग अवरुद्ध सोही स्थानमा गयो पहिरो

चारदिन देखि अवरुद्ध कर्णाली राजमार्ग आज दिउँसो करिब १२ बजे खुलेको थियो। कर्णाली राजमार्ग अवरुद्ध भएको आज चार हुँदा निकै कठिनाईको साथ राजमार्ग खुलेको थियो।

सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोट शुभकालीका गाउँपालिका १ मा पर्ने गहने खोलामा गएको ठूलो पहिरोको कारण यात्रुले सास्ती भोगेका थिए।

अहिले पुन: अविरल वर्षाको कारण सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी सडक डिभिजनले जनाएको छ। अहिले करिब साढे ५ बजेतिर भीषण वर्षाको कारण सडक अवरुद्ध भएको हो।

अहिले सोही स्थानमा भीषण वर्षा भइरहेकोले भोलि १८ गते मात्र सडक खुलाएर पुनः सञ्चालन गरिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार