कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आजबाट सुविधा सम्पन्न मिर्गौला डायलाइसिस हुने भएको छ। पहिला एउटा मेसिन भएता पनि खासै कार्य गर्न सकेको थिएन।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस मेसिन ६ वटा मेसिन आएको र हाल दुईवटा मेसिन सुचारु भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल काठमाडौंकी हेमा डायलाइलिस इन्चार्ज सरिता रोकायले बताइन् ।
उक्त मेसिन सञ्चालनमा आइसकेपछि मुगु जिल्ला खत्याड गाउँपालिका २ कि जिर्कला भियालको मिर्गौला डायलाइलिस गरेर कार्य सुचारु गरिएको हो।
बिरामी जिर्कलाले जुम्लामै यो सुविधा भएकोले निकै खुसी भएको र आफ्नै क्षेत्रमा यस्तो सुविधा हुनुले हर्षित भएको बताइएकी छन् ।















