सोमबार, ११ श्रावण, २०८३

शिक्षक प्रोत्साहन भत्ताबारे अफवाह नफैलाउन शिक्षामन्त्री पोखरेलको आग्रह

शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन भत्ताबारे अनावश्यक अफवाह फैलाइएको भन्दै त्यसप्रति विश्वास नगर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले शिक्षकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको स्पष्ट पारे।

उनका अनुसार हालसम्म अर्थ मन्त्रालयबाट तलबमान (पे–स्केल) स्वीकृत भएर नआएकाले प्रोत्साहन भत्ता कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो।

मन्त्री पोखरेलले यो समस्या शिक्षकहरूको मात्र नभई निजामती कर्मचारीहरूको हकमा पनि समान रूपमा रहेको उल्लेख गरेका छन्।

‘अनावश्यक अफवाह नफैलाइदिनुहुन सबैमा अनुरोध गर्दछु,’ उनले फेसबुक स्टाटसमा लेखेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार