शुक्रबार, २६ भाद्र, २०८३

जुम्लामा छ सय मिलिग्राम चरेससहित एक युवक पक्राउ

जुम्लामा पलागूऔषध (चरेस) सहित एक जनालाई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका–६ स्थित ऐरेनीमा धौलापानीका २१ वर्षीय अमर सार्कीलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गरिएको थियो। खानतलासीका क्रममा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको जुम्लाका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। उनका अनुसार प्रहरीले लागूऔषधसहित […]

कविता : आमा

आमा तिमी गएको दिनदेखित्यो घर र आँगनले हाँस्न बिर्सियो । ढोकामा उभिएरम अझै तिम्रो बाटो हेर्छुआमा तिमी आउँछौ कि भनेर । आमा तिमीले बनाएका परिकारको बास्नातिमीले पस्केर दिएको खानाको स्वादअब याद मात्रै बाँकी छ । आमा जब रात पर्छतब म तारा खोज्दिन अकासमामात्र तिमीलाई खोज्छु । (भाेजपुर, दल गाउँका युवा कवि राई अक्सर मातृ प्रेम, […]

शिक्षक प्रोत्साहन भत्ताबारे अफवाह नफैलाउन शिक्षामन्त्री पोखरेलको आग्रह

शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन भत्ताबारे अनावश्यक अफवाह फैलाइएको भन्दै त्यसप्रति विश्वास नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले शिक्षकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको स्पष्ट पारे। उनका अनुसार हालसम्म अर्थ मन्त्रालयबाट तलबमान (पे–स्केल) स्वीकृत भएर नआएकाले प्रोत्साहन भत्ता कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो। मन्त्री […]

१८ वर्ष राजनीति गरेका राप्रपाका पूर्व जिल्ला उपाध्यक्ष देवकोटाले छोडे पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व जिल्ला उपाध्यक्ष तथा अघिल्लो निर्वाचनमा प्रदेश सभा उम्मेदवार गिल्बादी अंगत प्रसाद देवकोटाले पार्टीको साधारण सदस्यसहित सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। देवकोटाले १८ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले राप्रपामा रहेर पूर्व जिल्ला उपाध्यक्ष, प्रदेश सभा उम्मेदवार […]

जुम्लामा बेहोस अवस्थामा फेला परेका युवकको उपचारका क्रममा मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ भण्डारीवाडामा बेहोस अवस्थामा फेला परेका २२ वर्षीय सन्त बहादुर भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार साउन ७ गते राति ९ बजे स्थानीय २१ वर्षीय अनिल भण्डारीको घरमा सँगै सुतिरहेका सन्त बहादुर भण्डारी अर्को दिन बिहान ८ बजे आगनमा बेहोस अवस्थामा फेला परेका थिए। […]

प्रहरीको गोलीपछि सुनसरीका पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार आइतबार राति भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्। […]

तनावमा सर्वसाधारण, सरकारलाई छैन मतलब !

अटो शोरुमहरुले पाँच गुणासम्म नाफा खाएर गाडी बेचे । मानिसहरुले ऋण लिईलिई गाडीमा लगानी गरे तर अहिले ऋण तिर्न नसकेपछि उनीहरु तनावमा छन् । गाडी बेच्दा किनेकोभन्दा आधा मूल्यसमेत आउँदैन । आम नागरिकमा तनाव, निराशा र आक्रोश बढ्दो देखिन्छ । बजारमा अधिकांश मानिसको अनुहारमा डर, त्रास र चिन्ता देखिन्छ । कोही पनि खुशी देखिँदैनन् । […]

ताजा समाचार