सोमबार, ११ श्रावण, २०८३

जुम्लामा छ सय मिलिग्राम चरेससहित एक युवक पक्राउ

जुम्लामा पलागूऔषध (चरेस) सहित एक जनालाई पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका–६ स्थित ऐरेनीमा धौलापानीका २१ वर्षीय अमर सार्कीलाई शंकास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको जुम्लाका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

उनका अनुसार प्रहरीले लागूऔषधसहित सार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार