जुम्लाको तातोपानी गाउँपालिका–३ खरखडामा बुधबार साँझ भएको आगलागीका कारण एक तिनतले कच्ची घरको तेस्रो तला पूर्णरूपमा नष्ट भएको छ।
स्थानीय खेम बुढाको टिनले छाएको तिनतले, आठ कोठा भएको घरको तेस्रो तलामा साँझ करिब ६:३० बजे नास्ता पकाउने क्रममा अचानक आगलागी भएको हो।
आगो लाग्दा तेस्रो तलामा राखिएका अन्नपात, लत्ता–कपडा, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट भएका छन्।
आगलागीको कारण तत्काल थाहा नभए पनि प्राथमिक अनुमान अनुसार खाना पकाउने क्रममा आगो चुलोबाट फैलिएको हुनसक्ने स्थानीयले बताएका छन्।
आगलागीपछि छिमेकीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
मानवीय क्षति नभए पनि घरधनीको ठूलो आर्थिक क्षति भएको जनाइएको छ।















