मंगलवार, २७ माघ, २०८२

“सिंजामा बजेटविरुद्धको वडाध्यक्षको संलग्नता औचित्यहीन छ,” अध्यक्ष धिताल

सिंजा गाउँपालिकाको बजेटविरुद्ध भएको आन्दोलनप्रति गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले ध्यानाकर्षण भएको बताएका छन्।

पाँच राजनीतिक दल र चार वडाध्यक्षको सहभागितामा भएको विरोध कार्यक्रमप्रति प्रतिक्रिया दिँदै अध्यक्षले प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार शान्तिपूर्ण रूपमा गरिएको आन्दोलनको सम्मान गर्ने बताए।

“विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसप्रति हाम्रो पूर्ण सम्मान छ,” अध्यक्ष धितालले भने, “शान्तिपूर्ण रुपमा गरिएको विरोध कार्यक्रमप्रति धन्यवाद व्यक्त गर्दछु।”

तर, उनले उक्त आन्दोलनमा सहभागी भएका चार वडाध्यक्षहरूको भूमिकाप्रति उनले असन्तुष्टि जनाएका छन्।

वडाध्यक्षहरूले बजेट पास गर्ने क्रममा आफैंले सहमति जनाइसकेका अवस्थामा पछि गएर आन्दोलनमा सहभागी हुनु औचित्यहीन रहेको उनको तर्क छ।

“सबै वडाध्यक्षहरूको सहमतिमै पालिकाको वार्षिक बजेट पारित भएको हो,” अध्यक्षले भने, “त्यसपछि उहाँहरू आन्दोलनमा उत्रिनु असंगत र राजनीतिक पूर्वाग्रहप्रेरित देखिन्छ।”

सिंजा गाउँपालिकामा हाल बजेट विनियोजनको विषयलाई लिएर आन्तरिक असमझदारी चुलिँदै गएको देखिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार