मंगलवार, १३ माघ, २०८२

पूर्वराजाको जन्मदिनमा शुभकामना दिन पुगेका दलितमाथि दुर्व्यवहार, सामाजिक सञ्जालमा आलोचना

भिडियोमा ती वृद्धले “म उहाँलाई नै दिन्छु” भन्दाभन्दै सहयोगीले उनलाई पन्छाएर छेउतिर लगेको र उनको हातको दुबो अर्को सहयोगीलाई दिएको देखिन्छ।

पूर्व राजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास गएका एक दलित युवामाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

भिडियोमा ती वृद्धले हातमा दुबोको बुकी लिएर शुभकामना दिन पुगेका देखिन्छन् महाराजगञ्जस्थित निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको उक्त कार्यक्रममा ती व्यक्ति पनि घन्टौँ लाइन बसेर पूर्वराजासमक्ष पुगेका थिए।

शुभकामना दिने क्रममा ती वृद्धले ज्ञानेन्द्र शाहलाई दुबो र उपहार टक्र्याउँदै नमस्कार गर्दा शाहले पनि नमस्कार फर्काउँदै नाम सोधेका थिए। जवाफमा युवक अक्मकाउँदै आफ्नो नाम भन्न लाग्दा नजिकैका एक सहयोगीले उनलाई “जाउ, उता जाउ” भन्दै हातले पन्छाएको देखिन्छ।

भिडियोमा ती वृद्धले “म उहाँलाई नै दिन्छु” भन्दाभन्दै सहयोगीले उनलाई पन्छाएर छेउतिर लगेको र उनको हातको दुबो अर्को सहयोगीलाई दिएको देखिन्छ।

सो घटनापछि धेरै दलित अधिकारकर्मीहरूले सार्वजनिक ठाउँमा खुलेर दुर्व्यवहार गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले पूर्वराजाको उपस्थितिमा गरिएको यस्तो व्यवहारले जातीय भेदभाव झल्काउने भन्दै विरोध जनाएका छन्।

विगतमा पनि दलित समुदायका व्यक्तिहरू सार्वजनिक कार्यक्रममा विभेदमा परेका घटनाहरू सार्वजनिक भएका थिए। यसपटक पूर्वराजाको जन्मोत्सवमै यस्तै व्यवहार देखिनु दुर्भाग्यपूर्ण भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार