शुक्रबार, १८ बैशाख, २०८३

सुर्खेतमा ‘मानव अधिकार र सामाजिक न्याय’ अन्तरक्रिया : युवा रक्षकको सशक्तीकरणमा जोड

“मानव अधिकार तथा सामाजिक न्याय अभियान” नारासहित सुर्खेतमा युवा मानव अधिकार रक्षक, जनप्रतिनिधि र सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ।

कार्यक्रममा युवा रक्षकको सुरक्षा, पहिचान, सशक्तीकरण र सञ्जाल विस्तारलाई नीति र कार्यक्रममार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिइयो।

रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले एकता परियोजनामार्फत युवाको भूमिका प्रष्ट्याए भने कर्णाली संयोजक सन्तोष विकले १० वटै जिल्लामा सञ्जाल विस्तार भएको जानकारी दिए।

सञ्जालकी अध्यक्ष पूजा दमाईको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कानुनमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णबहादुर जि.सि. प्रमुख अतिथि र जानकी सिंह विशिष्ट अतिथि थिए।

AEIN संस्थासँगको छलफलमा युवाहरूले आफ्ना गतिविधि प्रस्तुत गरे। जनप्रतिनिधिहरूले मानव अधिकार प्रवर्द्धनमा नीतिगत प्रतिबद्धता जनाउँदै युवाका मुद्दालाई नीति र बजेटमा समावेश गर्ने आश्वासन दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार