बुधबार, २७ श्रावण, २०८३

आगलागी पीडित ढोलेनी ऐडीलाई वडा अध्यक्ष इन्द्र बुढाको सहयोग

गुठीचौर गाउँपालिका–३ का वडा अध्यक्ष इन्द्रबहादुर बुढाको नेतृत्वमा ढोलेनी ऐडी परिवारलाई करिब ४० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।

वडा सरकारको पहलमा परिवारलाई चामल, नुन, तेल, लत्ताकपडालगायत दैनिक उपभोग्य सामग्री प्रदान गरिएको हो।

विपन्न तथा समस्यामा परेका नागरिकलाई स्थानीय सरकारको साथ र सहयोग आवश्यक हुने भन्दै वडा सरकारले उक्त सहयोग गरेको अध्यक्ष बुढाले बताए।

उनका अनुसार वडा सरकार भनेको नागरिकको दुःख–सुखमा साथ दिने सरकार हो। अप्ठ्यारो अवस्थामा रहेका परिवारलाई सकेको सहयोग गर्नु हाम्रो जिम्मेवारी हो।

‘ढोलेनी ऐडीलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री सहयोग गरेका हौँ,’ अध्यक्ष बुढाले भने।

उनले वडाका नागरिकको समस्या समाधानका लागि वडा सरकार सधैँ नागरिकसँगै रहने प्रतिबद्धता जनाए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार