जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन दैनिक रातिको समयमा सप्राइज चेकिङ अभियान सञ्चालन गरिरहेको छ।
सदरमुकाम खलंगासहित जिल्लाका विभिन्न क्षेत्रमा राति ८ बजेदेखि १२, १ बजेसम्म विशेष चेकिङ गरिँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।
उनका अनुसार चेकिङका क्रममा शंकास्पद सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन सम्बन्धित व्यक्तिलाई आग्रह गरिएको छ।

उनले भने, ‘तर हालसम्म नियन्त्रणमा लिइएका १० वटा मोटरसाइकल सम्बन्धमा कुनै पनि व्यक्ति सम्पर्कमा आएका छैनन्।’
उनले नियन्त्रणमा रहेका मोटरसाइकल चोरीका हुन सक्ने आशंका व्यक्त गर्दै वास्तविक धनीलाई आवश्यक प्रमाण तथा कागजातसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरे।
डीएसपी दाहालका अनुसार रातिको समयमा हुने चोरी, झैझगडा, डर–त्रास सिर्जना गर्ने तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले नियमित रूपमा सप्राइज चेकिङ सञ्चालन गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिकको सुरक्षा सुनिश्चित गर्न यस्ता अभियानलाई अझ प्रभावकारी बनाउँदैअ लैजाने जनाएको छ।

















