मंगलवार, ५ श्रावण, २०८३

भिरबाट खसेको ढुङ्गा लागेर सुर्खेतमा एक युवक गम्भीर घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित भित्री सडकखण्डमा भिरबाट खसेको ढुङ्गा लाग्दा एक युवक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार दिउँसो करिब १:०० बजे भित्रीखोलाबाट मेहेलकुना तर्फ आउँदै गरेको भे २ ह १०७६ नम्बरको अटोमा सवार गुर्भाकोट नगरपालिका–११ भित्रीखोलाका २३ वर्षीय यमबहादुर खत्रीलाई सडकमाथिको भिरबाट खसेको ढुङ्गाले लाग्दा पेट र छातीमा गम्भीर चोट लागेको हो।

घाइते खत्रीलाई तत्काल मेहेलकुना अस्पतालमा पुर्‍याई सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो करिब २:०० बजे नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर भए पनि हल्का बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

उक्त अटो स्थानीय ३७ वर्षीय नोखबहादुर खत्रीले चलाइरहेका थिए। घटनापछि अटो र चालकलाई प्रहरी चौकी मेहेलकुनाको नियन्त्रणमा राखिएको छ।

घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार