तातोपानी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह, प्रशासनिक सुधार तथा बजेट कार्यान्वयनको समग्र अवस्थाबारे नागरिकलाई जानकारी गराउँदै सुझाव, गुनासा र प्रतिक्रियालाई प्रत्यक्ष रूपमा सुन्न वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले परिकल्पना गरेको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई व्यवहारमा उतार्ने उद्देश्यले आयोजित कार्यक्रममा […]
ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी नेपालगञ्जबाट पक्राउ

लागुऔषध (ब्राउन सुगर) मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार प्रतिवादी नेपालगञ्जबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार बिहान करिब ११:०० बजे फैसला कार्यान्वयनका क्रममा खटिएको प्रहरी टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ शिव मन्दिर क्षेत्रमा खोजतलास गर्ने क्रममा ३४ वर्षीय कमरूदिन अन्सारी (राजु)लाई पक्राउ गरेको हो। सम्मानित सुर्खेत जिल्ला अदालतको २०८० साउन १ गतेको […]
भिरबाट खसेको ढुङ्गा लागेर सुर्खेतमा एक युवक गम्भीर घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित भित्री सडकखण्डमा भिरबाट खसेको ढुङ्गा लाग्दा एक युवक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार दिउँसो करिब १:०० बजे भित्रीखोलाबाट मेहेलकुना तर्फ आउँदै गरेको भे २ ह १०७६ नम्बरको अटोमा सवार गुर्भाकोट नगरपालिका–११ भित्रीखोलाका २३ वर्षीय यमबहादुर खत्रीलाई सडकमाथिको भिरबाट खसेको ढुङ्गाले लाग्दा पेट र छातीमा गम्भीर चोट […]
भूमाफियाले अस्तव्यस्त बनाए उपत्यका, सरकार खोजीनीति गर्दैन !

उपत्यकामा पहिले इनार, कुँवा, राजकुलो, ताल, पोखरी ढुंगेधारा जताततै हुन्थे । यही पानीको स्रोत थियो । मानिसको थकाई मेटाउन पाटीपौवा, चौतारा बनाइएको हुन्थ्यो । तर, अहिले यी केही पनि छैन । अहिलेका पुस्तालाई कुँवा, कुलो, राजकुलो भनेकै थाहा छैन । किनकि उपत्यकामा यी सबै विस्थापित भइसक्यो । काठमाडौं उपत्यकामा हिउँदमा सुख्खा र प्रदूषणले बसिनसक्नु हुन्छ […]


