लक्ष्मी सनराइज बैंकको गुठिचौर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री सत्यवादी माध्यमिक विद्यालय, दसौदी, जुम्लालाई एक थान कम्प्युटर सहयोग गरेको छ।
विद्यार्थीहरूको सूचना तथा सञ्चार प्रविधि (आईटी) सम्बन्धी ज्ञान र प्राविधिक सीप विकासमा टेवा पुर्याउने उद्देश्यले बैंकले कम्प्युटर उपलब्ध गराएको हो।

आयोजित कार्यक्रममा शाखा प्रबन्धक प्रकाश शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गुठिचौर गाउँपालिका–४ का वडा अध्यक्ष टिकादत्त नेउपाने र विद्यालयका प्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द पछाईंले बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनका अनुसार कम्प्युटरको प्रयोगबाट विद्यार्थीहरूलाई सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
लक्ष्मी सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्नु सुखद भएको वडा नम्बर -४ का अध्यक्ष टिकादत्त न्यौपानेले बताए।
बैंकले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

















