बिहीबार, ३२ असार, २०८३

अर्जेन्टिना, इंग्ल्याण्ड: फकल्याण्डको बदलादेखि म्याराडोनाको ‘ईश्वरीय हात’ सम्म

एकातिर मेस्सी आफ्नो टोलीलाई फेरि फाइनल पुर्‍याउन चाहन्छन् भने अर्कोतिर इंग्ल्याण्ड इतिहासको बदला लिन मैदान उत्रनेछ। इतिहास साक्षी छ, यी दुई टोली मैदानमा उत्रिँदा त्यहाँ नाटक, रोमान्च र विवादको कुनै कमी हुनेछैन। युद्ध मैदानमा बगेको रगत र फुटबल मैदानमा पोखिएको पसिनाको सम्बन्ध कस्तो होला? इंग्ल्याण्ड र अर्जेन्टिनाको दुश्मनी बुझ्न यी दुईको अन्तरसम्बन्ध केलाउनुपर्छ। झन्डै दुई […]

स्वावलम्बन लघुवित्तद्वारा नेत्रज्योति मावि हाँकुका ७५ विपन्न विद्यार्थीलाई शैक्षिक झोला सहयोग

बुधबार जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ मा अवस्थि नेत्रज्योति माध्यमिक विद्यालय हाँकुमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि एउटा विशेष दिन बनेर आयो। ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा पिछडिएका समुदायका विद्यार्थीहरूलाई पठनपाठनमा टेवा पुऱ्याउने र उनीहरूको शैक्षिक यात्रालाई थप सहज र उत्साहप्रद बनाउने पवित्र उद्देश्यका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुम्लाले […]

शिक्षा मन्त्रीलाई खुला पत्र: भूकम्प पीडित शिक्षकको शिक्षा मन्त्रीलाई खुला पत्र

​माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू,सिंहदरबार, काठमाडौँ, नेपाल।​विषय: शिक्षा नियमावलीको १०औँ संशोधनको सरुवा व्यवस्था पुनर्विचार सम्बन्धमा।​महोदय,​नेपालका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तर्फबाट ‘शिक्षा नियमावली, २०५९’ को दसौँ संशोधनका केही व्यवस्थाहरूप्रति असन्तुष्टि र आफ्नो गम्भीर पीडा व्यक्त गर्न यो खुला पत्र प्रस्तुत गरेको छु।​शिक्षक सरुवा प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्छ भन्ने कुरामा दुईमत छैन। तर, एकपटक पनि घरपायक […]

लक्ष्मी सनराइज बैंक गुठिचौर शाखाद्वारा सत्यबादी माविलाई कम्प्युटर सहयोग

लक्ष्मी सनराइज बैंकको गुठिचौर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री सत्यवादी माध्यमिक विद्यालय, दसौदी, जुम्लालाई एक थान कम्प्युटर सहयोग गरेको छ। विद्यार्थीहरूको सूचना तथा सञ्चार प्रविधि (आईटी) सम्बन्धी ज्ञान र प्राविधिक सीप विकासमा टेवा पुर्‍याउने उद्देश्यले बैंकले कम्प्युटर उपलब्ध गराएको हो। आयोजित कार्यक्रममा शाखा प्रबन्धक प्रकाश शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गुठिचौर गाउँपालिका–४ […]

सुर्खेतमा २ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मिलनचोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५ बजे शंकास्पद अवस्थामा हिँडिरहेका वीरेन्द्रनगर–७ निवासी ३६ वर्षीय दीपक बहादुर शाहीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ हवल्दार गगनबहादुर नेपालीको टोली तथा नेपाल प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर शाहीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले […]

कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा 

कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले सामुहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारीले संयुक्त राजिनामा दिएका हुन । उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए । पार्टीभित्र उनीहरूको कार्यसम्पादनप्रति निरन्तर प्रश्न उठिरहेको थियो […]

वर्षायाममा झाडापखाला किन बढ्छ?

जनस्वास्थ्यको आधारभूत सिद्धान्तअनुसार सुरक्षित खानेपानी सुविधा होइन, नागरिकको आधारभूत अधिकार हो। संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले स्थानीय सरकारले गुणस्तरीय खानेपानी उपलब्ध गराउनु, नियमित परीक्षण गर्नु र जोखिम देखिएमा तत्काल सुधारात्मक कदम चाल्नु अनिवार्य जिम्मेवारी हो। वर्षायाम सुरु भएसँगै झाडापखालाका बिरामीहरूको संख्या बढ्ने गरेको छ। पछिल्लो समय जुम्लाका विभिन्न क्षेत्रमा दूषित खानेपानीका कारण झाडापखालाका […]

ताजा समाचार