बिहीबार, ३२ असार, २०८३

सुर्खेतमा २ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मिलनचोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ५ बजे शंकास्पद अवस्थामा हिँडिरहेका वीरेन्द्रनगर–७ निवासी ३६ वर्षीय दीपक बहादुर शाहीलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ हवल्दार गगनबहादुर नेपालीको टोली तथा नेपाल प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर शाहीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले शाहीको शरीर खानतलासी गर्दा चार पुडिया र एक पोकामा राखिएको शुद्ध तौल २ ग्राम ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ।

पक्राउ परेका शाहीलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा  सूचना अधिकारी कबिन्द्र सिंह बोहराले जानकारी दिए  ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार