आईतवार, २८ असार, २०८३

भारत लैजाने प्रलोभन देखाई मानव बेचबिखनको प्रयास, एक महिला पक्राउ

जुम्लामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाने क्रममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार २०८३ असार १८ गते बिहान करिब १०ः३० बजे चन्दननाथ नगरपालिका–४, टुडिखेलस्थित डेरामा बस्दै आएकी १४ वर्षीया किशोरीलाई भारत घुमाउन लगेर ब्युटी पार्लरमा काम लगाइदिने भन्दै विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने प्रयास गरिएको थियो।

यस घटनामा मुगु जिल्ला खत्याड गाउँपालिका–९ घर भई हाल चन्दननाथ नगरपालिका–५, कालेखोली बस्दै आएकी १९ वर्षीया सुनिता तिवारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी तिवारीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालले घटनाबारे जानकारी दिँदै मानव बेचबिखनजस्ता अपराधविरुद्ध प्रहरीले अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार