मंगलवार, २३ असार, २०८३

कर्णाली माध्यमिक विद्यालयमा लागुऔषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–४ स्थित कर्णाली माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहाल सहितको प्रहरी टोलीको सहभागितामा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा फरक क्षमता भएका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा लागुऔषध सेवन र ओसारपसारका कारण हुने सामाजिक, मानसिक तथा कानुनी असरबारे जानकारी दिइएको थियो। साथै, युवापुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउन परिवार, विद्यालय र समुदायको संयुक्त भूमिका आवश्यक रहेको भन्दै सचेतनामूलक सन्देश पनि प्रदान गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय तथा समुदायमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार