जुम्लामा चरेस र गाँजासहित दुई जना पक्राउ, थप अनुसन्धानका लागि ७ दिन म्याद थप

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध (चरेस र गाँजा) सम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार २२ गते साँझ करिब ७:०० बजे तातोपानी गाउँपालिका–१ राँकोस्थित नाग्म–जुम्ला सडकखण्डमा विशेष टोलीले शङ्कास्पद अवस्थामा रहेका जुम्ला तातोपानी–१ का २५ वर्षीय गोविन्द शाहीलाई खानतलासी गर्दा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ दुई वटा डल्ला बरामद भएको थियो। […]
कर्णाली माध्यमिक विद्यालयमा लागुऔषध सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–४ स्थित कर्णाली माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहाल सहितको प्रहरी टोलीको सहभागितामा आयोजित कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा फरक क्षमता भएका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा लागुऔषध सेवन र […]
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई ग्यास चुलो र हातघडी वितरण

समुदायमा स्वास्थ्य सेवा प्रवाहमा अग्रपङ्क्तिमा रहेर निस्वार्थ रूपमा सेवा गर्दै आएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आठबीस नगरपालिका–४ राकम कर्णाली वडा कार्यालयले प्रोत्साहन सामग्री वितरण गरेको छ। वडा कार्यालयले करिब १ लाख रुपैयाँ बराबरको प्रोत्साहन सामग्रीस्वरूप राकम कर्णाली आधारभूत अस्पताल मातहत कार्यरत १२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रतिव्यक्ति भ्याटसहित ७ […]
राजस्व बुझाउन पनि सास्ती, छल्नेलाई सरकार गर्न सक्दैन कारबाही !

बालेन सरकार आफूलाई नयाँ दाबी गर्छ । यही सरकारले सरकारी कार्यालयमा आइतबार पनि सार्वजनिक बिदा दिने र बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गर्यो । तर, राजस्व उठाउने समय बदलिएन । आम नागरिक विविध कामका निम्ति सरकारी निकाय पुग्छन् । घरजग्गा नामसारी, किनबेचवस्ता कामका लागि मालपोत कार्यालय पुगिन्छ । सवारीसाधन दर्ता, नामसारीलगायत […]
बालेन सरकारको सुशासनः आफ्नालाई बचाउने, अरुलाई फसाउने !

सरकारी र निजी सम्पत्ति जलाउनेहरु सांसद बनेर हिँडेका छन्, जनता भने खान नपाएर चोर्दा र ऋण तिर्न नसक्दा जेल पुगिरहेका छन् । सिंहदरबार, राष्ट्रपति भवन, अदालत, प्रहरी कार्यालय जलाउनेलाई कानुनले नछुँदा अरुलाई किन जेलमा राखेको ? तिनलाई पनि छोडौं । भदौ २३ र २४ गतेको हिंसात्मक र ध्वशांत्मक आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार […]


