बिहीबार, २४ बैशाख, २०८३

जुम्लामा जबर्जस्ती करणी आरोपमा वडा अध्यक्ष पक्राउ

जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडा अध्यक्ष दत्त बहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिन बाबु रेग्मीका अनुसार बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो। 

घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको छ। पीडितले बुढाले पटक–पटक धम्क्याउँदै आफूलाई जबर्जस्ती करणी गरेको उजुरी दिएकी छन्।

घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार