भारतबाट रारा अल्ट्रामा आएकी सिन्धुले अश्लील भित्तामा रंग लगाइन्

भारतको कर्नाटकस्थित बेङ्लोरबाट जुम्ला रारा अल्ट्रा म्याराथनमा सहभागी हुन आएकी खेलाडी सिन्धु रावले जुम्लाका सार्वजनिक स्थलमा लेखिएका अश्लील र अमर्यादित शब्द मेटाउने अभियान थालेकी छन्। उनले रंगशाला, धर्मशाला तथा विभिन्न सार्वजनिक पर्खालहरूमा लेखिएका अभद्र शब्द आफ्नै खर्चमा रङ किनेर मेटाइरहेकी छन्। स्थानीय निकाय र सरोकारवाला मौन रहेका बेला विदेशी भूमिबाट आएकी एक खेलाडीले जुम्लाको सौन्दर्य […]
कर्णाली स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकमा डा. विनम्र विष्ट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा फरेन्सिक विशेषज्ञ डा. विनम्र विष्ट नियुक्त भएका छन्। सरकारले उनलाई आर्थिक अधिकारसहित प्रतिष्ठानको जिम्मेवारी दिएको हो। राजनीतिक भागबन्डाका आधारमा नियुक्त भएका उपकुलपति, रेक्टर, रजिस्ट्रार, डाइरेक्टर, डिन समेतलाई अध्यादेशमार्फत हटाइएपछि प्रतिष्ठानको नेतृत्व अस्थायी रूपमा डा. विष्टको काँधमा आएको हो। तीन वर्षअघि फरेन्सिक विशेषज्ञका रूपमा जुम्ला आएका डा. विष्ट स्वास्थ्य सेवामा […]
महिन्द्रा जुम्लामा थप विश्वसनीय बन्दै, विक्रीपछिको सेवामा जोड

हिमाल, पहाडदेखि तराईसम्म नेपाली उपभोक्तामाझ विश्वासिलो ब्रान्डका रूपमा स्थापित महिन्द्राले जुम्लामा पनि आफ्नो सेवा विस्तारलाई प्रभावकारी बनाउँदै लगेको छ। जुम्लामा आयोजित महिन्द्रा सर्भिस सेन्टर सञ्चालन कार्यक्रममा वक्ताहरूले महिन्द्रा गाडीको लोकप्रियता, विक्रीपछिको सेवा र ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै पदम भण्डारीले महिन्द्रा नेपालका सबै भूगोलमा रुचाइएको ब्रान्ड बनेको बताए। उनका […]
यातायात क्षेत्रतिर पनि वालेन सरकारको ध्यान जाओस्

दशकौंदेखि यातायात क्षेत्रमा सिण्डिकेट रहँदा मातृभूमिमै केही गर्ने इच्छा भएकाहरु पनि विदेश पलायन हुनुपरेको छ । ट्याक्सीसँगै ढुवानी गाडी, फोस्टक टेम्पो, माइक्रो बसलगायतको पनि नयाँ दर्ता बन्द छ । काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी चल्न थालेका छन् । सडकमा विद्युतबाट सञ्चालित ट्याक्सी गुडिरहेको देखिन्छन् । तर, ट्याक्सी नयाँ भएपनि नम्बर प्लेट भने दुई दशक बढी पुरानो […]
जुम्लामा जबर्जस्ती करणी आरोपमा वडा अध्यक्ष पक्राउ

जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडा अध्यक्ष दत्त बहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिन बाबु रेग्मीका अनुसार बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको […]





