बिहीबार, २४ बैशाख, २०८३

महिन्द्रा जुम्लामा थप विश्वसनीय बन्दै, विक्रीपछिको सेवामा जोड

हिमाल, पहाडदेखि तराईसम्म नेपाली उपभोक्तामाझ विश्वासिलो ब्रान्डका रूपमा स्थापित महिन्द्राले जुम्लामा पनि आफ्नो सेवा विस्तारलाई प्रभावकारी बनाउँदै लगेको छ।

जुम्लामा आयोजित महिन्द्रा सर्भिस सेन्टर सञ्चालन कार्यक्रममा वक्ताहरूले महिन्द्रा गाडीको लोकप्रियता, विक्रीपछिको सेवा र ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै पदम भण्डारीले महिन्द्रा नेपालका सबै भूगोलमा रुचाइएको ब्रान्ड बनेको बताए। उनका अनुसार कठिन हिमाली सडकदेखि तराईका सहज मार्गसम्म महिन्द्राका गाडीले उपभोक्ताको विश्वास जित्दै आएका छन्।

उनले जुम्लामा सर्भिस सेन्टर सञ्चालनसँगै स्थानीय ग्राहकलाई सहज सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे।

अग्नि ग्रुपका रामेश्वर महर्जनले महिन्द्राको सुरुवाती यात्रा सम्झँदै कम्पनीले संघर्षबाट सफलता हासिल गरेको बताए। उनका अनुसार महिन्द्राले नेपाली भूगोलअनुसार बलियो र टिकाउ सवारीसाधन उपलब्ध गराउँदै आएको छ।

‘सुरुमा हामी घाटामा थियौं, तर देश निर्माणसँगै गाडीको प्रयोग बढ्दै गयो,’ उनले भने, ‘देशका सबै ठाउँमा पुग्न सक्ने क्षमता भएकै कारण महिन्द्रा आज लोकप्रिय ब्रान्ड बनेको हो।’

स्पेयर पार्ट्स म्यानेजर युगल सिंहले विक्रीपछिको सेवाले नै ग्राहकको विश्वास टिकाइराख्ने बताए। उनका अनुसार कम्पनीले बिक्री मात्र नभई ग्राहकलाई निरन्तर प्राविधिक सहयोग र मर्मत सेवा उपलब्ध गराउँदै आएको छ।

‘आफ्टर सेल्स सर्भिस हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘जुम्लामा पनि हामीले विक्रीपछिको सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छौं।’

स्थानीय सेवाग्राही देउऋषि चौलागाईंले घरमै सेवा पाउँदा आफूहरूलाई धेरै सहज भएको अनुभव सुनाए। उनले साना समस्या समाधानका लागि बाहिर धाउनुपर्ने अवस्था अन्त्य भएको बताए।

कार्यक्रमका प्रमुख अतिथि गगन बुढथापाले ग्राहकसँगको सामिप्यता अझै बढाउन आग्रह गरे। उनले व्यवसाय केवल सामान बिक्रीमा सीमित नहुने उल्लेख गर्दै सेवामार्फत विश्वास निर्माण गर्नुपर्ने धारणा राखे। ‘ग्राहकको सन्तुष्टि नै व्यवसायको सफलता हो,’ उनले भने।

कार्यक्रमका सभापति जयसिंह साउदले जुम्लामा गुणस्तरीय सवारी सेवा विस्तार हुनु स्थानीयका लागि अवसर भएको बताए। उनले महिन्द्राले सेवा, विश्वास र पहुँचलाई सँगै अघि बढाएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिए।

जुम्लामा सञ्चालनमा आएको महिन्द्रा सर्भिस सेन्टरले स्थानीय उपभोक्तालाई मर्मत, स्पेयर पार्ट्स तथा प्राविधिक सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार