आईतवार, १० फाल्गुन, २०८२

कुशेका अध्यक्षको दलित विरोधी अभिव्यक्ति: चौतर्फी आक्रोश र कारबाहीको माग

जाजरकोट जिल्ला कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले दिएको दलित समुदायप्रति लक्षित दलित विरोधी अभिव्यक्तिको विरोध गर्दै कारबाहीको माग गरिएको छ।

अध्यक्ष बस्नेतले सार्वजनिक स्थलमा एक भाषणमा दिएको दलित समुदायप्रति लक्षित अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा ठेस लागेको भन्दै उनको चौतर्फी रुपमा विरोध विरोध भएको छ।

जाजरकोटको कुशे गाउँपालिकामा २ मा आयोजित नेपाली काङ्ग्रेसको चुनावी कार्यक्रममा बोल्दै बस्नेतले सो कार्यक्रममा रामदिप आचार्यलाई लक्षित गर्दै ‘१० वर्षे जनयुद्धमा दलितका घरबाट दलितलाई जबर्जस्ति ल्याएर बाहुनको घरमा पानी पिलाउने कुचेष्टा मैले गरिनँ’ भन्ने अभिव्यक्तिले उनलाई विवाद तानेको हो।

उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि जाजरकोटका सामाजिक अभियान्ता तथा दलित अधिकारकर्मी प्रेम विक लगायत दलित समुदायका युवाहरूले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् भने उनलाई तत्काल कारबाही हुनुपर्ने माग गरेका छन्।

बस्नेतको विरोध बढ्दै जाँदा अध्यक्ष बस्नेतले आफूले दलित समुदायप्रति कुनै हेपाइपूर्ण अभिव्यक्ति नदिएको दाबी गरेका छन्।

अभियान्ता प्रेम विकका अनुसार उनलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने प्रक्रिया अघि बढिरहेको र यसको लागि हामी निरन्तर आवाज उठाइरहेका छौं।

दलित जेनजी एलाइन्स नेपालको केन्द्रिय समितिले बस्नेतले दिएको विवादास्पद अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संगठनले उक्त अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको भन्दै निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग समेत गरेको छ।

नेपालको संविधानको धारा २४ ले छुवाछुत तथा जातीय विभेदलाई दण्डनीय अपराधको रूपमा स्पष्ट व्याख्या गरेको स्मरण गराउँदै संगठनले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। साथै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार यस्ता कार्य कानुनी अपराध भएको पनि उल्लेख गरिएको छ। सोही बमोजिम बस्नेतलाई कारबाही हुनुपर्ने अडान दलित जेनजी एलाइन्सले लिएको छ।

संगठनले राखेका प्रमुख मागहरूमा अभिव्यक्तिको आधिकारिक छानबिन, दोषी ठहरिएमा कानुनअनुसार कडा कारबाही, दलित समुदायसँग सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने माग छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार