राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले आफ्नो प्रथम ऐतिहासिक जिल्ला अधिवेशन आगामी २०८३ साल जेठ २४ गते आयोजना गर्ने भएको छ। पार्टीका जिल्ला सभापति मक्कर भण्डारीले अधिवेशनको मिति तय गरिएको जानकारी दिएका छन्।
सभापति भण्डारीका अनुसार अधिवेशन जुम्लास्थित होटल कान्जिरोवामा बिहान ११:०० बजेदेखि सञ्चालन हुनेछ। अधिवेशनलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारीलाई तीव्रता दिइएको र पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरिएको उनले बताए।
रास्वपाले सार्वजनिक गरेको सूचनामा “सबैको आशा रास्वपा” भन्ने नारासहित अधिवेशनको घोषणा गरिएको छ। साथै “रास्वपा बनाउँछ देश, बदलिन्छ परिवेश” भन्ने मूल नारालाई आत्मसात गर्दै संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जिल्लामा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको जनाइएको छ।















