नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि कर्णाली याक्सकाे नयाँ जर्सी जुम्ला र जाजरकाेट जिल्लाको सिमानामा अवस्थित धार्मिक स्थल नदै डाबबाट सार्वजनिक गरिएको छ।
समुन्द्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल नदै डाबबाट कर्णाली याक्सकाे नयाँ जर्सी सार्वजनिक गरिएको हाे। नेपालमा हुन लागेकाे दाेस्राे नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सकाे नयाँ जर्सी कर्णालीका पाटनबाट सार्वजनिक भइरहकाे छ।
चाैंरी चर्ने पाटनबाट कर्णाली याक्सकाे जर्सी सार्वजनिक जर्सीले थप पूर्णता पाउने र यसकाे गरिमा बढाउन हिउँले सेताम्मे नदै डाबमा पुगेर नयाँ जर्सी सार्वजनिक गरिएको तातोपानी गाउँपालिका वडा नम्बर ८ का युवा हेमन्त शाहीले बताएका छन्।
हिउँ परेकाे याे माैसममा कर्णाली याक्सकाे गरिमा बढाउन नदै डाब पुगेर जर्सी सार्वजनिक गर्न पाउँदा भेरिखाेलाका युवाहरु उत्साहित भएकाे उनले बताए ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा विदेशी खेलाडीहरु अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड, स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध भएका छन्।
कर्णाली याक्सको जर्सी यी स्थानमा सार्वजनिक गर्दा यहाँको धार्मिक,सांस्कृतिक र प्राकृतिक सौन्दर्य झल्काउनु साथै पर्यटकीय स्थललाई जोड दिइरहेको छ।
















