शुक्रबार, २१ कार्तिक, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलका खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको आज क्वाटर फाइनल चार खेल सम्पन्न भएका छन्

टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगिताको क्वाटर फाइनल सम्पन्न भएर सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको पहिलो क्वाटर फाइनल खेल फोइकालिका (एफ सी) र बिहानी युवा क्लबबीच भएको खेलमा उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको पहिलो खेलमा फोइकालिका (एफ सी) विजय भएको हो।

फोइकालिका (एफ सी) र बिहानी युवा क्लबबीचको खेलमा फोइकालिका (एक सी) ले बिहानी युवा क्लबलाई २-० ले हराएको हो।

त्यस्तै दोस्रो क्वाटर फाइनलको खेल लेकाली युवा क्लब र चन्दननाथ ३ को (ए) क्लबबीच भएको खेल उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको दोस्रो खेलमा चन्दननाथ ३ को (ए) विजय भएको हो।

क्वाटर फाइनलको तेस्रो खेल जनसेवा युवा क्लब (बी) र एज डब्लु डिसीबीच भएको क्वाटर फाइनलको तेस्रो खेलमा जनसेवा १-० गोलले विजयी भएको हो।

त्यस्तै आजको अन्तिम तथा क्वाटर फाइनलको अन्तिम खेल मिलन युवा क्लब र घोगेसिम युवा क्लब बीच हुँदा खेल रोमाञ्चक रुपमा १-१ गोल बराबर हुँदा पछि पेनाल्टी सुटआउट मार्फत् घोगेसिम विजयी भएर सेमिफाइनल खेलमा प्रवेश गरेको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार