चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा सोमबार प्रि-क्वाटर फाइनलका चार खेल सम्पन्न भएका छन्। टुडिमा जारी फुटबल प्रतियोगितामा सोमबार चार खेल सम्पन्न भएका हुन्।
आज भएको पहिले खेलमा सुनार टोल र मार्सीबीच खेल हुँदा मार्सीले ०-४ गोलको अन्तरले विजय भएको छ। उक्त खेलमा म्यान अफ द म्याच रमित रोकायाले पाएका छन्।
त्यस्तै आज भएको दोस्रो खेलमा मिलन युवा क्लब र प्रेसिफिकबीच खेल हुँदा मिलन युवा क्लब १-२ गोलले जितेको हो। मिलन युवा क्लबका मिलन धरलाले म्यान अफ द म्याच पाएका छन्।
त्यस्तै आज भएको तेस्रो खेलमा आयोजक टिम (ए) र भुरिचुला फुटबल क्लबबीच खेल भएको थियो। उक्त खेलमा आयोजक टिमले ०-४ गोलटिम विजय भएको हो। आयोजक टिमका चक्र लामा म्यान अफ द म्याच भएका हुन्।
त्यस्तै आज भएको अन्तिम खेल फोइकालिका (एफ सी) र फोइकालिका युवा क्लबबीचको खेल प्रतिस्पर्धात्मक हुँदा एक-एक गोलको बराबरी हुँदा अन्ततः पेनाल्टी सुटआउट मार्फत फोइकालिका (एफ सी) विजय भएको हो। उक्त क्लबका रोहित गुरुङ म्यान अफ द म्याच भएका हुन्।
त्यस्तै भोलि हुने प्रि-क्वाटर फाइनल खेलको दोस्रो दिनमा पहिलो खेल चन्दननाथ ३ (बि) र एन डब्लु डिसीबीच बिहान आठबजेबाट खेल सुरु हुनेछ। त्यस्तै भोलिको दोस्रो खेल जानसेवा (ए) र घोगेसिमबीचको खेल बिहान १० बजेबाट सुरु हुनेछ।
भोलि हुने तेस्रो प्रि-क्वाटर फाइनल खेल लेकाकी (ए) र चन्दननाथ ४ को टिमबीच दिउँसोको १ बजेबाट खेल सुरु हुनेछ भने भोलि हुने अन्तिम खेल भने तातोपानीको टिम र बिहानी युवा क्लबबीच दिउँसोको ३ बजेबाट सुरु हुने आयोजना मूल समितिका संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए।















