आईतवार, ३ फाल्गुन, २०८२

जुम्लामा दलित युवाहरुबीच फुटबल प्रतियोगिता

प्रतियोगितामा विभिन्न क्षेत्रका दलित युवा टोलीहरूको सहभागिता रहेको छ, जसले जुम्लाको खेलकुद विकासमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

जुम्लामा पहिलोपटक दलित समुदायका युवाहरूका लागि खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु भएको यो प्रतियोगिता दलित सेवा संघ, जुम्लाको आयोजनामा कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ।

यो प्रतियोगिताको उद्देश्य खेलकुदको माध्यमबाट दलित समुदायका युवाहरूबीच आपसी भाइचारा र एकताको सन्देश प्रवाहित गर्नु रहेको बताइएको छ।

संघका अध्यक्ष भीम नेपालीका अनुसार जुम्ला जिल्लाभर रहेका दलित युवाहरूलाई एकताबद्ध गर्दै उनीहरूलाई खेलकुदमा सहभागी गराउन प्रतियोगिता आयोजना गरिएको हो।

“दलित एकताको सन्देश दिन र युवाहरूलाई खेलकुदको माध्यमबाट समाजसँग जोड्न यो प्रतियोगिता आयोजना गरेका हौँ,” अध्यक्ष नेपालीले भने।

उनले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिता र समर्थन महत्त्वपूर्ण रहेको उल्लेख गरे।

प्रतियोगितामा विभिन्न क्षेत्रका दलित युवा टोलीहरूको सहभागिता रहेको छ, जसले जुम्लाको खेलकुद विकासमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता दलित समुदायमा खेलकुदको महत्त्वलाई उजागर गर्ने एक विशेष पहलका रूपमा हेरिएको छ, जसले आगामी दिनहरूमा अन्य समुदायहरूलाई पनि खेलकुदमा सहभागिता बढाउन प्रेरणा दिने आशा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार