शनिबार, १२ मंसिर, २०८३

कविता : प्रीतिको खजाने थैलो

के
पठाउन सकूँ
बुट्टे रुमाल कि
इन्द्रेणी रङ्ग
फलाउन सकिने भए
रोपिदिन्थेँ इन्द्रेणी रङ्ग।

टिपेर भँगेरी चरीका प्वाँख
पुग्ने थिएँ क्षितिजको चुचुरो
फिजाउनु थियो खुस्बुको बहार
उनेर बुकी फूलको हार
जोड्नु थियो प्रीतिको साइनो
तुनेर बुट्टे रुमाल।

प्रेमको खजाना भर्दै
पठाइदिन पाऊँ
प्रियसीको धीत
वर्षौँ पुग्ने सौँराइको थैलो भरी
प्रीतिको खजाना पुर्‍याउन
बुट्टे रुमाल तुन्दै
बचपन खेल्ने आँगनमा
सौँराइ गोडमेल गर्न।

अनशन उमार्नु पर्दा
वापस गरिदिनु बुट्टे पछ्यौरा
सल्काइदिनु
इन्द्रेणी आगो
बन्दी गर्नु खजाने थैलो
अब
फुकाल्न सकूँ या नसकूँ
बुट्टे रुमालको पोको।।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार