बिहीबार, १४ श्रावण, २०८३

देश, युवा, कानुन : चुनौती र अवसरको चक्र

युवाले देशभित्रै आफ्नो भविष्य खोज्ने कि विदेश जाने? यो प्रश्न युवाको व्यक्तिगत निर्णय होइन। यो राज्यको नीति र शासन प्रणालीसँग जोडिएको प्रश्न हो। कुनै पनि देशको भविष्य उसको भूगोल, प्राकृतिक स्रोत वा भौतिक पूर्वाधारले मात्र निर्धारण गर्दैन। त्यसको वास्तविक शक्ति त्यहाँका नागरिकको चेतना, राज्यको शासन प्रणाली र परिवर्तनलाई आत्मसात् गर्ने क्षमतामा निर्भर हुन्छ। र, यी […]

सुर्खेतमा अटोको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा भारतमा मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिक अटोको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा भारतमा मृत्यु भएको छ। गत असार २४ गते बिहान करिब १० बजे वीरेन्द्रनगर–११ धुलियाबिटस्थित भित्री सडकखण्डमा वीरेन्द्रनगर–५ निवासी २३ वर्षीय राजु सुनारले चलाएको क.प्र.०२००१ स १०९४ नम्बरको अटोले पैदलयात्री वीरेन्द्रनगर–११ निवासी ६० वर्षीय रत्नबहादुर विकलाई ठक्कर दिएको थियो। दुर्घटनामा विकको टाउको […]

कर्णाली प्राबिधिक शिक्षालय जुम्लाका  करार तथा ज्यालादारी कर्मचारी आन्दोलनमा

कर्णाली प्राबिधिक शिक्षालय जुम्लामा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले सेवा–सुविधा, रोजगारीको सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक संघर्ष समिति ले शिक्षालयाका उपकुलपति तथा व्यवस्थापनलाई सम्बोधन गर्दै विभिन्न मागसहित ज्ञापनपत्र प्रशिक्षक पाण्डव काफ्लेले बताए। उनका अनुसार समितिले लामो समयदेखि शिक्षालयमा कार्यरत […]

निर्माणधिन अस्पताल क्षेत्रमा ट्याक्टर दुर्घटना, चालक सकुशल

कनका सुन्दरी गाउँपालिका–४ हाटसिजास्थित निर्माणाधीन अस्पताल क्षेत्रमा बिहीबार ट्याक्टर दुर्घटना भएको छ। स्थानीयका अनुसार अस्पताल निर्माणका क्रममा काम गरिरहेको भे २ त ४२० नम्बरको ट्याक्टर मोडमा दुर्घटनामा परेको हो। दुर्घटनापछि ट्याक्टर सडकमै रोकिएको छ। दुर्घटनामा चालकलाई कुनै चोटपटक नलागेको स्थानीयले बताएका छन्। ट्याक्टरमा भने सामान्य क्षति पुगेको छ। मानवीय क्षति नभए पनि केही समय निर्माणाधीन […]

जीवन : आँसु र मुस्कानबीचको यात्रा

जीवन हाँसो र आँसुबीचको अनन्त यात्रा हो। सुखले संसार चिनाउँछ भने दुःखले आफैँसँग परिचित गराउँछ। मानिस पटक पटक टुट्छ, हार्छ र रुन्छ, तर फेरि उठ्ने साहस पनि उसैभित्र हुन्छ। त्यसैले जीवनको कुनै एउटा दुःखद अध्यायलाई सम्पूर्ण कथा नठानौँ। आँसु पुछ्दै मुस्कुराउनु, घाउ बोकेर अघि बढ्नु नै जीवनको सुन्दरता हो। जीवन आखिर के हो? सायद, यो […]

जुम्लामा महोत्सव संयुक्त रूपमा हुने

छुट्टाछुट्टै मितिमा महोत्सव आयोजना गर्ने तयारी गरेका जुम्लाका दुई संस्थाले अन्ततः संयुक्त रूपमा महोत्सव सञ्चालन गर्ने सहमति गरेका छन्। उद्योग वाणिज्य संघ जुम्ला र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जुम्ला शाखाबीच भएको छलफलपछि सहआयोजनाको निर्णय भएको हो। यसअघि उद्योग वाणिज्य संघ जुम्लाले श्रावण २२ गतेदेखि भदौ ५ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको […]

कनकासुन्दरीले ४६ लाख तिरेर दुई जना डाक्टर उत्पादन गर्दै, छात्रवृत्तिमा नाम निकाल्ने तीन जनालाई एकएक लाख प्रोत्साहन

प्रीस्ता हमालका लागि एमबीबीएसमा नाम निस्कनु एउटा सपना पूरा हुनु थियो। तर त्यही सफलताले अर्को ठूलो प्रश्न जन्मायो, महँगो मेडिकल शिक्षा कसरी पढ्ने? आर्थिक अभावले डाक्टर बन्ने सपना लगभग छोडिसकेकी उनलाई कनकासुन्दरी गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिले फेरि बाटो देखायो। उनीजस्तै दिनबन्धु हमाल पनि गाउँपालिकाको सहयोगमा एमबीबीएस पढिरहेका छन्। यो दुई विद्यार्थीको कथा मात्रै होइन; आफ्नै […]

एकताबाट अनेकता बनाउने व्यवस्थाको नाम हो लोकतन्त्र।

लोकतन्त्रले नागरिकलाई अधिकार र सहभागिताको अवसर दिए पनि दलीय प्रतिस्पर्धाले समाजमा विभाजन, द्वन्द्व र शक्ति संघर्ष बढाएको तर्क लेखले अघि सारेको छ। वैदिककालीन सभा र समितिजस्तो जनआधारित नियन्त्रण प्रणालीलाई पुनर्विचार गर्दै राष्ट्र, समाज, परिवार र व्यक्तिको समृद्धिका लागि एकता, साझा शिक्षा, नीति र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने धारणा लेखमा व्यक्त गरिएको छ। वैदिक समयदेखि आर्य […]

ताजा समाचार