बिहीबार, १४ श्रावण, २०८३

सुर्खेतमा अटोको ठक्करबाट घाइते पैदलयात्रीको उपचारका क्रममा भारतमा मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिक अटोको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा भारतमा मृत्यु भएको छ।

गत असार २४ गते बिहान करिब १० बजे वीरेन्द्रनगर–११ धुलियाबिटस्थित भित्री सडकखण्डमा वीरेन्द्रनगर–५ निवासी २३ वर्षीय राजु सुनारले चलाएको क.प्र.०२००१ स १०९४ नम्बरको अटोले पैदलयात्री वीरेन्द्रनगर–११ निवासी ६० वर्षीय रत्नबहादुर विकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल कर्णाली केयर अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको थियो। त्यसपछि अवस्था जटिल बन्दै गएपछि सोही दिन थप उपचारका लागि नेपालगञ्ज नर्सिङ होम रिफर गरिएको थियो। असार २६ गते उनलाई थप उपचारका लागि भारतको लखनउस्थित सिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

उपचारकै क्रममा साउन १४ गते बिहान करिब ४ बजे रत्नबहादुर विकको मृत्यु भएको हो। मृतकको शव सोही दिन दिउँसो करिब २:३० बजे सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँको शवगृहमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक राजु सुनार र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी कबिन्द्र सिंह बोहराले जानकारी दिए

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार