डोल्पाबाट जुम्ला आउँदै गरेको जीप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

डोल्पाबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको पहिचान खुलेको छ। आइतबार दिउँसो १२:५० बजे डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरलेखस्थित जाजरकोट–जुम्ला सडकखण्डमा कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब २०–२५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो भने चालकसहित ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय […]
कांग्रेस जुम्लाका कोषाध्यक्ष तथा समाजसेवी दुर्गाप्रसाद पाण्डेको निधन, सभापति गगन थापाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिका कोषाध्यक्ष दुर्गाप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा निधन भएको छ। जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं. ४ निवासी पाण्डेको आज (असार २१ गते) बिहान निधन भएको हो। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी शोक वक्तव्यका अनुसार स्वर्गीय पाण्डेले कांग्रेसको संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय […]
जुम्लामा सवारी सुरक्षामा कडाइ : यान्त्रिक परीक्षणदेखि सडक सचेतनासम्म

पछिल्ला वर्षहरूमा कर्णालीका पहाडी सडकमा बढ्दै गएका सवारी दुर्घटनाले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ। साँघुरा, घुमाउरा र जोखिमपूर्ण सडकसँगै सवारी साधनको प्राविधिक कमजोरी, ट्राफिक नियमको बेवास्ता तथा चालकको लापरबाही दुर्घटनाका प्रमुख कारणका रूपमा देखिँदै आएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै जुम्लामा सवारी सुरक्षालाई प्रभावकारी बनाउन यान्त्रिक परीक्षण, ट्राफिक चेकजाँच र सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक अभियानलाई […]
जगदुल्लाबाट जुम्ला आउँदै गरे जिप दुर्घटना, एकको मृत्यु

डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा केही यात्रु घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी अनिलराज गिरीका अनुसार दिउँसो १ः४० बजे जगदुल्ला गाउँपालिका–४ मा दुर्घटना भएको हो । प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा प्रहरी टोली […]
गुठीचौर–३ मा वडापालिका भवन, स्वास्थ्य चौकी र विद्यालय भवन एकैसाथ उद्घाटन

गुठीचौर गाउँपालिका–३ मा स्थानीय नागरिकले लामो समयदेखि अपेक्षा गरेका तीन महत्वपूर्ण पूर्वाधार एकैसाथ सञ्चालनमा आएका छन्। वडा कार्यालय भवन, स्वास्थ्य चौकी भवन र शंकर आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन भएसँगै स्थानीय बासिन्दामा नयाँ उत्साह थपिएको छ। एकै दिन तीन वटा सार्वजनिक संरचना उद्घाटन हुनु केवल भौतिक विकासको उपलब्धि मात्र नभई गाउँको सेवा प्रवाह, शिक्षा र […]

