सोमबार, २२ असार, २०८३

डोल्पाबाट जुम्ला आउँदै गरेको जीप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

डोल्पाबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरूको पहिचान खुलेको छ। आइतबार दिउँसो १२:५० बजे डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरलेखस्थित जाजरकोट–जुम्ला सडकखण्डमा कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप अनियन्त्रित भई करिब २०–२५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो भने चालकसहित ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार दुर्घटनामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी २८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–८ निवासी ३५ वर्षीय विनलास रावलले जीप चलाइरहेका थिए। दुर्घटनाका बेला चालकसहित १२ जना सवार रहेका थिए।
दुर्घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी सबै घाइतेलाई दिउँसो २:५० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पुर्‍याएर उपचार सुरु गरेको जनाएको छ।

दुर्घटनामा चालक विनलास रावलको टाउकोमा मध्यम चोट लागेको छ। यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ निवासी २६ वर्षीय धनबहादुर डाँगीको बायाँ खुट्टा र निधारमा चोट लागेको छ भने जगदुल्ला गाउँपालिका–६ की २८ वर्षीया लालदेवी रोकायाको कम्मरदेखि खुट्टासम्म चोट लागेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूमा आवास रोकाया (४ वर्ष), कर्णराज बुढा (२४ वर्ष), धिरेन्द्र नट्यौकी (२४ वर्ष), पतम बुढा (२ वर्ष), भीमप्रसाद बुढा (४४ वर्ष), नन्दराम शाही (४६ वर्ष), डिल्लीप्रसाद उपाध्याय (६९ वर्ष) तथा नितानन्द अधिकारी (५८ वर्ष) रहेका छन्। उनीहरूको टाउको, हात, खुट्टा, छाती, काँध तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार जारी रहेको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार