जुम्लामा एचआईभी सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले शनिबार एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एचआईभी/एड्स के हो, संक्रमणका प्रमुख माध्यम, रोकथामका उपाय, उपचार सेवा तथा संक्रमित व्यक्तिप्रति समाजले गर्नुपर्ने व्यवहारका विषयमा विस्तृत जानकारी […]
सिदिङ्वा–१ कालिखोलामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व सम्मानित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. १ कालिखोलामा विभिन्न क्षेत्र र विधामा उत्कृष्ट योगदान पुर्याउने स्थानीय व्यक्तित्वहरूलाई एक भव्य समारोहका बीच सम्मान गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत समाजको हित, विकास र सेवामा निरन्तर सक्रिय रही उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ। वडाबासीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा सम्बन्धित […]
रोजगारीका लागि जन्मथलो छोड्न बाध्य युवाको कथा बोकेको ‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक

ग्रामीण भेगका युवाहरू रोजगारीको खोजीमा घरपरिवार र जन्मथलो छोड्न विवश हुने यथार्थलाई केन्द्रमा राखेर गाइएको गायक अर्जुन सुनारको गीत ‘कर्णाली तिर’ को ट्रिजर सार्वजनिक गरिएको छ। चलचित्रले विशेषगरी कर्णाली क्षेत्रको विकट गाउँमा रहेको अभाव, संघर्ष र पारिवारिक विछोडको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। सार्वजनिक ट्रेलरमा कर्णालीका सुन्दर पहाडी गाउँ, ग्रामीण जनजीवन र आर्थिक अभावबीच […]
हावाहुरीले उजाडियो तिलाको ज्योति मावि, विद्यार्थीको भविष्य अन्योलमा

जुम्लाको तिला गाउँपालिका–९ राँसामालापानीस्थित ज्योति माध्यमिक विद्यालय शुक्रबार आएको शक्तिशाली हावाहुरीका कारण गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ। हावाहुरीले विद्यालयको छाना उडाउनुका साथै काठबाट निर्मित अधिकांश संरचना ढालेपछि विद्यालय अहिले भग्नावशेषमा परिणत भएको छ। विद्यालयमा रहेका कक्षाकोठा, फर्निचर, शैक्षिक सामग्री तथा सौर्य ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा प्रभावित भएको छ। केही घण्टाअघिसम्म विद्यार्थीको […]
सरकारी जग्गाका संरचना हटाउन ७६ जिल्ला सक्रिय, भक्तपुर मौन !

सरकारी सम्पत्ति संरक्षण गर्नुपर्ने स्थानीय पालिका, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय भक्तपुरमा पनि छ । तर, अहिलेसम्म कहीँ कतै डोजर चलेको छैन, किन ? सरकारी र सार्वजनिक जग्गा खाली गराउने अभियान देशभर तीव्र रुपमा चलिरहेको छ । ७६ जिल्लाका पालिकाले सरकारी सम्पत्तिमा बनेको संरचना तीनदेखि सात दिनभित्र हटाउन निर्देशन दिँदै सूचना प्रकाशन गरिसकेको छ । […]
इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवाबाट कर्णालीका बिरामी लाभान्वित

जुम्लामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवा प्रभावकारी रूपमा सञ्चालन हुन थालेपछि कर्णाली प्रदेशका बिरामीहरू लाभान्वित हुन थालेका छन्। स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि बिरामीहरूको समय, खर्च तथा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घट्दै गएको छ। जेनरल तथा ल्याप्रोस्कोपिक सर्जन एवं इन्डोस्कोपिस्ट डा. निर्मल थापाको सक्रियतामा सञ्चालन गरिएको विशेष उपचार कार्यक्रम अन्तर्गत २०८३ साल जेठ ३ गतेदेखि […]