आईतवार, १० जेष्ठ, २०८३

सिदिङ्वा–१ कालिखोलामा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. १ कालिखोलामा विभिन्न क्षेत्र र विधामा उत्कृष्ट योगदान पुर्‍याउने स्थानीय व्यक्तित्वहरूलाई एक भव्य समारोहका बीच सम्मान गरिएको छ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत समाजको हित, विकास र सेवामा निरन्तर सक्रिय रही उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।

वडाबासीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा सम्बन्धित क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरूलाई नगद रु. २ हजारसहित सम्मान–पत्र प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई खाँदा, माला तथा अविर लगाएर सम्मान गरिएको थियो।

समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याएबापत टिकाराम दाहाल, पर्यटन प्रवर्द्धनमा भूमिका खेलेबापत अमिर राई तथा कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत रत्नबहादुर बानिया सम्मानित भएका हुन।

यस्तै, स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याएकी स्वास्थ्यकर्मी वर्षा भुजेल (अ.न.मी.), शिक्षा क्षेत्रमा सक्रिय शिक्षक दुर्गाप्रसाद कार्की, सामुदायिक स्वास्थ्य तथा चेतनामा निरन्तर क्रियाशील स्वयंसेविका रनमाया विश्वकर्मा तथा स्थानीय विकास र सहकार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका टोल विकास प्रतिनिधि धनबहादुर राईलाई पनि सम्मान गरिएको छ।

कार्यक्रमले सम्मानित व्यक्तित्वहरूलाई थप जिम्मेवार र उत्प्रेरित बनाउने विश्वास लिइएको वडा कार्यालयले जनाएको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी वडा सचिव नेत्रबहादुर माझीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार