कविता – साउन महिनाको महिमा

(शार्दूलविक्रीडित छन्द ) आयो हेर साउनको यो महिना सूर्य दक्षिणायन रात लामा हुन थाले बिस्तारै छोटिन थाले तीँ दिनपूर्णिमा सम्म श्रावण महिनाको नक्षत्र त्यो श्रवणयसैले भन्न थालेका रे सबले यो महिना श्रावण । चतुर्मासका चार महिना मध्ये यौटा साउन पनियसैले शुभ दिन भित्र पर्दछ हेर साउन पनिधार्मिक कार्यका लागि उत्तम छ मान्छ जो सनातनसके सवले यस […]
रुसको कामचाट्कामा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प,जापानमा सुनामीको त्रास

रुसको सुदूर पूर्वी भागमा पर्ने कामचाट्का प्रायद्वीप नजिकै प्रशान्त महासागरको तल्लो भागमा गएको ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले अहिले सम्पूर्ण प्रशान्त क्षेत्रलाई सतर्क बनाएको छ। बुधबार बिहान स्थानीय समय अनुसार ८:२५ बजे आएको भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभ्लोभस्क–कामचाट्स्की शहरदेखि करिब ११९ किलोमिटर पूर्व–दक्षिणपूर्व रहेको थियो। अमेरिकी भूगर्भिक सर्वेक्षण संस्था (USGS) का अनुसार भूकम्पको गहिराइ लगभग २० किलोमिटर रहेको […]
शान्ति सुरक्षा माग्दै निरन्तर शक्ति केन्द्र धाइरहेका बैंक, वित्तीय संस्थालाई खतरा चाहिँ केको ?

रोचक कुरा चाहिँ के छ भने प्रचण्ड नेतृत्वको सरकार हुँदादेखि ओली सरकारसम्म आइपुग्दा बैंक, वित्तीय संस्थासम्बद्ध संघ–संस्थाहरू शान्ति सुरक्षाको माग गर्दै प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री कहाँ धाइरहेका छन्। गभर्नर कहाँ पनि उनीहरू पुग्ने क्रम जारी छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएपछि २०७९ पुस ११ गते नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सरकार गठबन्धनको […]
बढ्दैछ बालविवाह, चुपचाप छन्, स्थानीय तह!

अझ चिन्ताको कुरा त के छ भने, बालविवाहजस्तो गम्भीर विषयमा स्थानीय सरकारका जिम्मेवार निकायहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। सिंजा गाउँपालिका अन्तर्गतको साविक सनिगाउँका केही वडाहरूमा पछिल्लो समय बालविवाहका घटनाहरू सार्वजनिक भएका छन्। यी घटना सामान्य पारिवारिक निर्णय जस्ता लागे पनि यसको असर भने गहिरो र दीर्घकालीन छ। यसमा समाज र शासन दुवैको मौन सहमति देखिन्छ। […]
“सिंजामा बजेटविरुद्धको वडाध्यक्षको संलग्नता औचित्यहीन छ,” अध्यक्ष धिताल

सिंजा गाउँपालिकाको बजेटविरुद्ध भएको आन्दोलनप्रति गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले ध्यानाकर्षण भएको बताएका छन्। पाँच राजनीतिक दल र चार वडाध्यक्षको सहभागितामा भएको विरोध कार्यक्रमप्रति प्रतिक्रिया दिँदै अध्यक्षले प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार शान्तिपूर्ण रूपमा गरिएको आन्दोलनको सम्मान गर्ने बताए। “विरोध गर्न पाउनु लोकतान्त्रिक अधिकार हो, त्यसप्रति हाम्रो पूर्ण सम्मान छ,” अध्यक्ष धितालले भने, “शान्तिपूर्ण रुपमा गरिएको […]
पुरानो स्कुल

बिहानको झरीसँगै स्कुलको गेट ढिलो खोलिएको थियो। दामोदर सर छाता समाउँदै, हिलैहिलोको बाटो छिचोलेर गेटमा पुगे। गेट खोल्ने सुरेश परैबाट चिच्याउँदै आइरहेको थियो, “आज धेरै ढिला भयो हजुर!” दामोदर सरले मुस्कुराउँदै भन्नुभयो, “ढिला त सधैं हुन्छ नि यहाँ… बदलिएको केही छैन।” स्कुलभित्र छिरेपछि उनको नजर सीधा दश कक्षातर्फ गयो। कक्षामा विद्यार्थीहरू गफमा व्यस्त थिए। टेबुलमा […]
मेरो हातको कलम तिमीले दिएको उपहार हो

मानिसको जीवनमा शिक्षा अमूल्य धन हो। शिक्षा बिना मानव अपूरो रहन्छ। शिक्षाले व्यक्तिको जीवनमा ज्ञान, समझदारी, र नैतिकता प्रदान गर्छ। शिक्षाको मूल आधार भनेको “कलम” हो। कलम एक सानो वस्तु, तर असाधारण महत्व बोकेको चीज हो। कलमले शब्द लेख्छ, विचार बोल्छ, र भविष्य निर्माण गर्छ। जब म आज आफ्ना हातमा रहेको कलमलाई हेर्छु, म भावुक […]





