विश्व आत्मनिर्भर अर्थतन्त्र जस्ता पक्षमा हिँडिरहेको परिवेशमा, हिजोकै गतिविधि, क्रियाकलाप र अभ्यासले आजको उच्चकोटिको समुन्नत हासिल गर्न सकिदैन।
जंगली युग हुँदै आज तपाईं हाम्रो समाज एआइ समाजको रुपमा आइपुग्दा विभिन्न किसिमका समाजका प्रकृति र रुपहरुको शृङ्खला मानव समाजले देख्दै आएको छ। सोही मानवको एकीकृत एवम् संजालिकरण समूह नै समाज हो।
जसरी व्यक्ति व्यक्तिको सामुहिकता परिवार हो भने, परिवार परिवाको सामुहिकता नै समाज हो। यसरी नै समाजको स्वरुप र संरचना अगाडी बढेको हुन्छ। अर्को अर्थमा विविधता भित्रको एकता, सहिष्णुता र आत्मीयताको भावानाबाट विकशीत अवधारणा नै समाज हो।
समय परिस्थिति र परिवेश अनुसार समाजको विकासको स्वरुपमा फरकता पाउन सकिन्छ। हिजो मानिस जंगलमा हुँदा मानव समाजको गास बास र मात्र बाँच्नको लागि मात्र संघर्ष देखिन्थ्यो भने आज तपाईं हामी बाचेको एआइ युक्त समाज यतिमा मात्र सिमित रहेन।
समावेशी लोकतन्त्र, उच्च कोटिको विकास र समुन्नति साथै दिगो आत्मनिर्भर अर्थतन्त्र जस्ता पक्षमा विश्व हिँडिरहेको परिवेशमा, हिजोकै गतिविधि, क्रियाकलाप र अभ्यासले आजको उच्चकोटिको समुन्नत हासिल गर्न सकिदैन।
जुन किसिमको पेशा व्यवसाय एवम् आर्थिक अभ्यासमा समाज संलग्न थियो उहीँ किसिमको संलग्नता र अभ्यासले समजलाइ नयाँ दिशा दिन सक्दैन। साथै तपाईं हामी बाँचिरहेको समाज अथवा जीवनस्तर भन्दा एक स्तर माथिल्लो जीवन बाँच्ने संकल्प छ भने समाजका धेरै आयमहरुलाइ नयाँपन दिदै परिवर्तन गर्न जरुरी छ।
नयाँपन दिनुपर्ने क्षेत्रहरु थुप्रै छ्न् जसमध्ये एउटा क्षेत्रको विषयमा चर्चा गरौं जुन क्षेत्रहरु मध्य समाजको निकै शक्तिशाली र महत्वपूर्ण क्षेत्र आर्थिक क्षेत्रहो। सोही क्षेत्रमा विभिन्न किसिमका पेशा व्यवसाय र आर्थिक क्रियाकलाप हरु पर्दछन्।
यदि समय सापेक्ष विश्व स्तरको विकासको मापदण्ड अनुसार तपाईं हाम्रो समाज र जीवनलाई लैजाने हो भने, आर्थिक अभ्यास भित्र रहने पेशा, व्यवसायको क्षेत्रको सिमित घेरालाई तोडेर नयाँ तवरले सोच्न र अबलम्बन गर्न अनिवार्य समय भइसकेको छ।
यदि हामीले हाम्रो समाजमा काम मात्र गरि खाने ज्यालादारी श्रमिक, कर्मचारी र लेबरको विकासले मात्र हुँदैन। हामीले लेबर सँगै लिडरहरु पनि जन्माउनु पर्छ अर्थात विकास गर्नुपछ।
लेबर र लिडरको सन्तुलित अभ्यास र अवलम्बनबाट मात्र सुखी सन्तुलित आधुनिक किसिमको अपेक्षाकृत समाजको विकास गर्न सकिन्छ। समाज भनेकै विविधताको एउटा झुण्ड हो। जहाँ निश्चित व्यक्ति पेशा व्यवसाय र अभ्यासले मात्र आगडी बड्न सक्दैन। बहुक्षेत्रको सहयोगात्मक र प्रोत्साहनात्मक सम्बन्धको अवलम्बनबाट समाजको एक स्तर माथि उठ्दछ।
समाज विकासको हरेक कालखण्डलाई निहाल्ने हो र अमेरिका लगायत पश्चिममा विकास मोडेल हेर्ने हो भने समाज त्यतिखेर मात्र माथि बढेको पाइन्छ जुन समयमा खुला बहुपक्षीय पेशा व्यवसायकोले प्रश्रय पाउँछ र लेबरसँगै लिडरहरुको सापेक्षित विकास र जन्म हुँदै जान्छ।
तर हामीले अहिले मात्र लेबरको जन्म र विकास लाई बढी प्राथमिकता दिदै गएको पाइन्छ। कालन्तरमा यहि प्राथमिकता समाजको लागि संकट बन्न पुग्दछ। तसर्थ तपाईं हामी सबै मिलेर समाजमा हरेक किसिमका पेशा व्यवसाय र आर्थिक क्रियाकलाप सँगै विविधक्षेत्रको प्रोत्साहन गर्दै लेबर र लिडर सँगै जन्माउने र विकास गर्ने कुरामा पछि सर्नु हुँदैन।















