आईतवार, ८ भाद्र, २०८२

होटल पौवा जुम्ला शाखामा ९९९ को तीज विशेष प्याकेज

स्थानीय रेस्टुरेन्ट तथा होटेल क्षेत्रमा सेवा विस्तार गरिरहेका होटल पौवाले तीज पर्वलाई लक्षित गरी ९९९ वाला विशेष अफर सार्वजनिक गरेको छ। उक्त प्याकेजमा ग्राहकको फोटो, भिडियो खिच्ने सुविधा छ पनि रहेको छ।

जुम्ला शाखाका म्यानेजर थानेश्वर भण्डारीका अनुसार “राम्रो खानाको स्वाद र रमाइलो गफगाफ” लाई मुख्य नाराका रुपमा अगाडि सार्दै होटलले पर्व विशेष विभिन्न पारिवारिक तथा साथीभाइका समूहलाई लक्षित सेवा तथा खानाका प्याकेजहरु उपलब्ध गराउनेछ।

भण्डारीका अनुसार “जहाँबाट आतिथ्यको शुरुवात हुन्छ” भन्ने भावनासहित ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले तयार गरिएको अफर अन्तर्गत स्थानीय परिकार तथा पारम्परिक तीज–सम्बन्धी खानाहरुलाई प्राथमिकता दिइएको छ।

होटलले तीजको अवसर पारेर विशेष सेट मेनु, समूह छुट र अतिरिक्त स्वागत सेवा समेत उपलब्ध गराउने जनाएको छ।

म्यानेजर भण्डारीले जुम्ला भरका ग्राहकहरुका लागि होटल पौवा “परिवार तथा साथीभाइसँग पर्व मनाउन उपयुक्त गन्तव्यको रुपमा प्रस्तुत हुने विश्वास” व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार