सोमबार, ९ भाद्र, २०८२

काठमाडौंमा रबर–पीयू सोलको स्वदेशी उत्पादन: आत्मनिर्भरता तर्फको औद्योगिक कदम

शुभारम्भ कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जनक बहादुर धामी, हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनक धामी, टंक धामी, विभिन्न सामाजिक क्षेत्रका अग्रज व्यक्तित्व, उद्योगी, व्यवसायी, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त कार्यक्रमको सञ्चालन प्रख्यात सञ्चालिका टीका पाण्डेले गरेकी थिइन्।

एक्शन पोलिमर्स लिमिटेड र जेबीडी ट्रेडर्स प्रा.लि.को सहकार्यमा नवप्रवर्तित औद्योगिक उत्पादन “रबर र पीयू (पोलीइथर) सोल” को भव्य शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व एक्शन पोलिमर्स लिमिटेडका सञ्चालक प्रदीप अग्रवालले गरेका थिए भने ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउँद र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल कार्यक्रमकामा उपस्थित थिए।

शुभारम्भ कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष जनक बहादुर धामी, हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनक धामी, टंक धामी, विभिन्न सामाजिक क्षेत्रका अग्रज व्यक्तित्व, उद्योगी, व्यवसायी, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त कार्यक्रमको सञ्चालन प्रख्यात सञ्चालिका टीका पाण्डेले गरेकी थिइन्।

जनताको सेवा र सुविधा अभिवृद्धि गर्दै देशको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिने उद्देश्यले उत्पादन गरिएको रबर र पीयू सोलको यो उत्पादन देशको औद्योगिक स्वाभिमानसँग जोडिएको परियोजना मानिएको छ।

नविनतम प्रविधियुक्त र दीगो उत्पादनका रूपमा यसले स्वदेशमै उच्चस्तरीय सोल उत्पादनमार्फत आयातमा निर्भरता कम गर्ने विश्वास व्यक्त गरिएको छ।

नेपालमा तीव्र गतिमा फस्टाउँदै गरेको जुत्ता–चप्पल उद्योगलाई लक्षित गर्दै जेबीडी ट्रेडर्स प्रा.लि. स्थापना गरिएको हो। झण्डै एक दशकभन्दा लामो अनुभव, व्यवसायिक इमानदारी र ग्राहक सेवामा समर्पित यस कम्पनीले मुलुकभर गुणस्तरीय कच्चा सामग्रीको आपूर्ति गर्दै आएको छ।

चीनबाट प्रत्यक्ष रूपमा चाइनीज जुत्ता–चप्पल, सोल, लत्ता कपडा तथा सहायक सामग्रीहरू आयात गरी सस्तो, भरपर्दो र टिकाउ मूल्यमा कारखाना तथा व्यवसायिक संस्थाहरूसम्म पुर्‍याउने कार्य गर्दै आएको कम्पनीको दाबी छ।

पछिल्ला तीन वर्षदेखि जेबीडी ट्रेडर्स, एक्शन पोलिमर्स लिमिटेड अन्तर्गतको युरो ब्रान्डको पीयू सोलको नेपालभरको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ।

एक्शन पोलिमर्स लिमिटेडले नेपालमै बच्चादेखि वृद्धसम्म उपयुक्त हुने विभिन्न प्रकारका पीयू सोल उत्पादन गर्दै आएको छ। यस कम्पनीको उत्पादनले जुत्ता–चप्पल उद्योगमा स्थानीय स्तरमा गुणस्तरीय विकल्प प्रदान गरी विदेशी आयातमा निर्भरता घटाएको छ।

जेबीडी ट्रेडर्सले सुगठित गोदाम, बलियो यातायात सञ्जाल र अनुभवी प्राविधिक समूहमार्फत छोटो समयमा छिटो आपूर्ति गर्न सक्षम रहेको जनाएको छ। कम्पनीका अनुसार “छिटो सेवा, दीर्घ सहकार्य” नै यसको मूल नाराका रूपमा स्थापित छ।

जेबीडी ट्रेडर्स प्रा.लि. केवल सामग्री आपूर्तिकर्ता नभई उद्योगहरूको दीर्घकालीन सफलताका लागि समर्पित साझेदारका रूपमा कार्य गरिरहेको छ। व्यवसायको प्रकृति, आवश्यकता र बजेट बुझेर ग्राहकमैत्री सेवा दिनु यसको प्राथमिकता हो।

शुभारम्भ कार्यक्रमले स्वदेशमै उत्पादन गरिएका उच्च गुणस्तरीय सोलहरू नेपाली उद्योगमा प्रयोग हुने वातावरण सृजना गर्न सफल भएको आयोजकको ठम्याइ छ। अबको दिनमा आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न यस्ता नवप्रवर्तन र सहकार्य झनै प्रभावकारी हुने विश्वास लिइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार