अनि पद हेरेर न्यूनतम १८ लाखदेखि माथिल्लो पदको ३२ लाख रुपैयाँसम्म उपदान लिन्छन्। यो रकम लिएर बैंकमा जम्मा गर्छन्। कतिपयले जग्गामा लगानी गर्छन्। ३२ लाख रुपैयाँको मासिक ब्याज ३२ हजार रुपैयाँ आउँछ। त्यसैगरी, १८ लाखको मासिक ब्याज १८ हजार रुपैयाँ आउँछ।
सरकारी कर्मचारीले विगतमा पेन्सन र भत्ता दुवै बुझ्थे। त्यसमा नेपाली निजामती सेवामा जागिरेका साथै भारत र बेलायतबाट सरकारी जागिर खाएर अवकाश प्राप्त व्यक्तिहरू पर्थे। उनीहरूले दोहोरो सुविधा लिन्थे। सरकारले २०८१ जेठ १ गतेबाट अनिवार्य परिचयपत्र लागू गर्यो।
परिचयपत्रको आधारमा मात्र भत्ता र पेन्सन दिने निर्णयअनुसार कार्यान्वयनमा आएको छ। तर, अझै पनि कतिपय जिल्लामा यो व्यवस्था लागू हुन बाँकी छ। परिचयपत्र लागू भएको जिल्लामा पेन्सन लिनेहरूले भत्ता लिन छोडेका छन्। तर, भारतीय र बेलायती सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूले पेन्सन र भत्ता दुवै बुझिरहेका छन्।
सेना, प्रहरी र सशस्त्र प्रहरीले १६ वर्ष सेवा पूरा गरेर १७ वर्ष लागेपछि पेन्सन पाउँछन्। निजामती कर्मचारीको हकमा १९ वर्ष पूरा भएर २० वर्ष लागेपछि पेन्सन पाउँछन्। यता, ज्यालादारी र करारका कर्मचारीले पेन्सन नपाए पनि सरकारबाट अन्य सबै सेवा–सुविधा प्राप्त गर्छन्।
सरकारी कर्मचारीको तलब ३५ हजारदेखि एक लाख रुपैयाँसम्म छ। ३० हजारदेखि एक लाख रुपैयाँसम्म पेन्सन बुझ्ने कर्मचारीहरू छन्। तलब र पेन्सन त देखाउने कुरा मात्र हो। नत्र तलब र पेन्सनभन्दा बढी उनीहरूले घुस खान्छन्। निजामती कर्मचारीहरूले जागिर खाएको १९ वर्ष ११ महिना पुगेपछि राजीनामा दिन्छन्।
अनि पद हेरेर न्यूनतम १८ लाखदेखि माथिल्लो पदको ३२ लाख रुपैयाँसम्म उपदान लिन्छन्। यो रकम लिएर बैंकमा जम्मा गर्छन्। कतिपयले जग्गामा लगानी गर्छन्। ३२ लाख रुपैयाँको मासिक ब्याज ३२ हजार रुपैयाँ आउँछ। त्यसैगरी, १८ लाखको मासिक ब्याज १८ हजार रुपैयाँ आउँछ।
जग्गा खरिद गरेका कर्मचारीले नाफा कमाएर दोब्बर मूल्यमा बेच्छन्। घरजग्गा र सेयरको मूल्य त निरन्तर बढिरहन्छ। अनि ती कर्मचारीले ज्येष्ठ नागरिक भत्ताका लागि वडामा निवेदन दिन्छन्। “म पेन्सन खाने कर्मचारी होइन” भन्दै वडामा गएर ज्येष्ठ नागरिक भत्ता बुझ्छन्। कर्मचारीहरू कति फटाहा छन् भन्ने कुरा यसले नै प्रस्ट हुन्छ।
कानुनले भन्छ, पेन्सन खाने कर्मचारीले भत्ता पाउँदैन। तर, उसको पेन्सन त देखिँदैन। यद्यपि, उसले उपदान लिएको हुन्छ। त्यो रकम बैंकमा राखेर मासिक ब्याज खाइरहेको हुन्छ। उसको जग्गाको मूल्य निरन्तर बढिरहेको हुन्छ। पेन्सन लिने व्यक्ति बितेपछि उसकी श्रीमतीले आधा पेन्सन पाउँछिन्।
निजामती कर्मचारीको हकमा श्रीमती बितेपछि श्रीमानले आधा पेन्सन बुझ्छन्। दुवै बितेपछि राज्यले पेन्सन दिँदैन। उपदानको रकमबाट खरिद गरिएको घरजग्गा कर्मचारी मरेपछि उसका छोराछोरीले पाउँछन्। मासिक ब्याज पनि सन्तानले खान पाउँछन्। अहिले कर्मचारीहरूको प्राथमिकतामा उपदान परिरहेको छ।
पेन्सन लिनेहरू घट्दै गएका छन्। तर, यसले गर्दा राज्यलाई दोब्बर आर्थिक भार परेको छ। सरकारी कर्मचारी मात्र होइन, जनता पनि निकै लोभी छन्। जनताले केही पनि छोड्न सक्दैनन्। काठमाडौँमै दुई–तीनवटा घर छन्, मासिक लाखौँ रुपैयाँ भाडा आउँछ। तैपनि चार हजार रुपैयाँ भत्ता बुझ्न वडा कार्यालय पुग्छन्।
छोराछोरी अमेरिका–अस्ट्रेलिया भएकाहरू पनि ज्येष्ठ नागरिक भत्ता लिन दौडिन्छन्। छोराछोरी नेता, सांसद, जनप्रतिनिधि भएकाहरूका अभिभावक पनि ज्येष्ठ नागरिक भत्ताका लागि मरिहत्ते गर्छन्। जनताले आफूले राज्यलाई के दिन सकिन्छ भन्ने सोच्दैनन्। जसरी पनि राज्यलाई लुटौँ भन्ने मात्र छ।
नेता, जनप्रतिनिधि, कर्मचारी, जनता कसैसँग पनि नैतिकता छैन। भारतीय सेना र बेलायती सेनामा कार्यरतहरूले जागिर छोड्दा करोडौँ रुपैयाँ बुझ्छन्। तैपनि यहाँ आएर मासिक भत्ता बुझ्छन्। सरकारले ७० वर्ष पुगेपछि भत्ता दिने कानुन बनाएको छ। तर, कस्ता व्यक्तिलाई भत्ता दिने? यसतर्फ ध्यान दिन आवश्यक भइसकेको छ।
भत्ता खाने जनताको आर्थिक अवस्था कस्तो छ? उसको जागिर–व्यवसाय के हो? घर छ कि छैन? छोराछोरी कहाँ छन्? सरकारले केही पनि हेर्दैन। नागरिकता लिएर गएपछि सरकारले भत्ता दिन्छ। सरकारले आर्थिक अवस्था कमजोर भएको, आम्दानीको स्रोत नभएकालाई भत्ता दिने हो।
जसले कमाउन सकेन, सम्पत्ति जोड्न सकेन, बुढेसकालमा खान–लगाउन धौ–धौ छ, त्यस्तालाई भत्ता दिनुपर्छ। तर, सरकार आँखा चिम्लेर भत्ता बाँडिरहेको छ। ७० वर्ष पुग्नेबित्तिकै भत्ता। अहिलेको अवस्था यस्तो छ कि श्रीमानको पेन्सन आउँछ, श्रीमती भत्ता बुझ्न वडा कार्यालय पुग्छिन्।
श्रीमतीको पेन्सन आउँछ, श्रीमान भत्ता लिन्छन्। भनिन्छ नि, “जस्तो बिउ, त्यस्तै फल।” वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुम हो। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जन्मस्थान डडेलधुरा हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कास्कीमा जन्मिए।
हिजो केही नभएकाहरू आज करोडौँको सम्पत्तिका मालिक छन्। प्रचण्डको घर नभए पनि नाडीमा ७८ लाखको घडी छ। केपी ओलीको भक्तपुरको बालकोटमा दशौँ रोपनी जमिनमा बनेको दरबारजस्तो घर छ। देउवाको काठमाडौँको बुढानिलकण्ठमा महलजस्तो घर छ। ओलीको हातमा तीन करोडको घडी छ भन्ने कुरा कसैबाट लुकेको छैन।
उनी दैनिक ७० हजार रुपैयाँको पानी पिउँछन्। सात लाखको कोट र डेढ लाखको जुत्तामा ठाँटिएर हिँड्छन्। उनको झापा र तेह्रथुममा पनि जायजेथा छ। देउवाको धेरै व्यापार–व्यवसायमा लगानी छ। निजी स्कूललगायत विभिन्न क्षेत्रमा उनको लगानी भएको बताइन्छ। देउवाको गृहजिल्लामा पनि सम्पत्ति छ।
उनीहरूको पुर्ख्यौली सम्पत्ति कति हो? उनीहरूले कहाँबाट यत्रो सम्पत्ति कमाए? किनभने उनीहरूको देखिनेगरी जागिर वा व्यापार केही छैन। ओली भन्छन्, “म १४ वर्ष जेल बसेको?” जेलमा बस्दा यत्रो सम्पत्ति कमाइन्छ? देउवा पनि जेल बसेका छन्। उनले पनि जेल बस्दा यो सम्पत्ति कमाएका हुन्?
प्रचण्ड १० वर्षे जनयुद्धका कमाण्डर थिए। त्यतिबेला १७ हजार नेपाली जनता मारिए। जेलभित्र बसेर वा जनता मरेर यत्रो सम्पत्ति कमाइने रहेछ? न नेतालाई देशको माया भयो, न कर्मचारीलाई। जनता र व्यापारी पनि त्यस्तै भए। यहाँ जसले सक्छ, त्यसले लुट्छ। करोडौँ लगानी गरेर घर बनाएका छन्।
लाखौँ पर्ने गाडी चढेका छन्। सुनमा पनि उत्तिकै लगानी गरेका छन्। तर, उनीहरूको आम्दानीको स्रोत के हो? सरकारले खोज्दैन। ती व्यक्तिले कर तिरेका छन् कि छैनन्? सरकारले खोजीनीति गर्दैन। राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले केही दिनअघि आफ्नो सम्पत्ति सार्वजनिक गरे।
उनले आफ्नो १६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको बताएका छन्। त्यो सम्पत्ति उनले कहाँबाट जोडे? उनको आम्दानी कति थियो, खर्च कति? उनले आफ्नो सम्पत्तिबापत राज्यलाई कर तिरेका छन् कि छैनन्? यो एउटा महत्त्वपूर्ण प्रश्न हो। राजस्व छलेर रातारात मोटाउनेहरू यहाँ थुप्रै छन्।
नेपालमा व्यापार गर्न छिरेका मारवाडीहरूले पनि राजस्व छलिरहेका छन्। सरकारले अब त्यता पनि छानबिन गर्नुपर्छ। ओली आफ्नी श्रीमतीले कमाएको सम्पत्ति हो भन्दै पन्छिन्छन्। राष्ट्र बैंकका कर्मचारीले यत्रो सम्पत्ति कमाउन सक्छन्। देउवा पनि आफ्नी श्रीमतीको सम्पत्ति भन्छन्।
श्रीमतीलाई देखाएर पन्छिने काम नगरौँ। किनभने नेताहरू सही नहुँदा, प्रलोभनमा पर्दा जनता पनि त्यस्तै बने। नेता केही छोड्न नसक्ने, अनि जनताले के छोड्थे? देश बनाउने हो भने आफ्नो बानीमा सुधार गरौँ। देश दोहन गर्ने काम बन्द गरौँ।















