मंगलवार, १३ माघ, २०८२

तातोपानी ६ धौलापानीमा अटो दुर्घटना हुँदा तीनजना घाइते

तातोपानी ६ धौलापानी नजिक अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।

सदरमुकाम खलंगादेखि तातोपानी जादै गरेको क.१ ह.१०० नम्बरको अटो धौलापानी नजिक अटो अनियन्त्रित हुँदा आज दिउँसोको करिब १२:६ बजे दुर्घटना भएको हो।

दुर्घटना हुँदा अटो चालक तातोपानी ६ का नरेन्द्र विष्टलाई सामान्य टाउको चोट लागेको छ भने पातारासी ४ का कर्णप्रसाद उपाध्यायलाई शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। भने तातोपानी २ कि अनिता नेपालीलाई छातीमा चोट लागेर घाइते भएकी छन्।

दिउँसो १२:३० बजे उनीहरुलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार ल्याइएको र अहिले उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार