ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा बनेको गणेश मन्दिरको आज एक कार्यक्रमको बीच उद्घाटन भएको छ।
ललितपुर महानगरपालिकाको सम्पदाको संरक्षण उदेश्यले बनाइएको गणेश मन्दिर पुरातात्त्विक सम्पदालाई मध्यनजर गर्दै बनाइएको हो।
यो मन्दिर जुम्लामा पाइने प्राकृतिक ढुङ्गाबाट विविध आकृति दिएर बनाइएको छ। मन्दिरको पुरै संरचना ढुङ्गाबाटै निर्मित यो मन्दिर जिल्लाको निम्ति नौलो प्रयास हो।
उक्त मन्दिरको उद्घाटनमा प्रमुख अतिथि रहेका ललितपुर महानगरपालिका मेयर चिरिवाबु महर्जनले ललितपुर महानगरपालिकाले विशेषगरी गरेर वातावरणीय सौन्दर्य कायम राख्ने र सम्पदाको संरक्षण गर्ने उदेश्यले काम गरिरहेको बताए।
साथै चन्दननाथ नगरपालिका र ललितपुर महानगरपालिकाको मीत सम्बन्ध कायम गर्ने र चालू आर्थिक वर्षमा पनि चन्दननाथ नगरपालिकालाई थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।















