हुम्लाको चंखेली गाउँपालिका ४ देशीखोला नजिक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा चंखेली गाउँपालिका ६ की बसन्ती बुढा, सोही वडाका मानवीर बुढा र उनको छोरा घटनास्थलमै मृत्यु भएको मेल्छाम प्रहरी चौकीका प्रहरी सहायकले जानकारी दिए ।
दुर्घटना हुने गाडी गाउँपालिकाको केन्द्र पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको गाडी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
दुर्घटनाबाट घाइते हुनेमा कैलाश सिरा, चालक बहादुर लामा, महेन्द्र रोकाया, हंस बुढा, देवाङ्स बुढा, अनुपमा रोकाया, पार्वती बुढा र विमला बुढा घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा हेलिकप्टरबाट लगिएको प्रहरीले जनाएको छ














