मंगलवार, १३ माघ, २०८२

रोल्पामा “कक्षा देखि करियरसम्म आत्मानिर्भर सम्मेलन” २०८२” सम्पन्न

रोल्पामा आयोजित “”कक्षा देखि करियरसम्म आत्मानिर्भर सम्मेलन” २०८२” सम्पन्न भएको छ। कार्यक्रमले विभिन्न क्षेत्रका विज्ञहरूमाझ संवाद गराउँदै विद्यार्थीहरूलाई प्रेरणा र मार्गदर्शन प्रदान गर्न सफल भएको हो।

उक्त सम्मेलनमा १३ क्षेत्रका विज्ञहरुलाई सहभागी गरिएको थियो। जसमध्ये विज्ञहरू ब्युरोक्रेसी क्षेत्रका कमलराज वली स्वास्थ्य क्षेत्रका डा.जगतकिरण वली शिक्षा क्षेत्रका शिक्षक नेत्रलाल वली,प्राविधिक क्षेत्र ई. चूडामणि डाँगी, मूर्तिकला क्षेत्रका टोपबहादुर डाँगी,क्रमशः व्यवसाय, रुद्र खड्का, संगीत रमेश डाँगी,कृषि तथा पशुपालन लोकमान वली, सूचना सञ्चार तथा प्रविधि तिलक के.सी,मिडिया तथा कन्टेन्ट क्रिएसन के.बी. गुरुङ, युवा तथा खेलकुद प्रेमबहादुर बि.क.,सुरक्षा (प्रहरी) देवराज के.सी, सिलाइकटाइ (टेलरिङ) जिवराज परियार लगायत क्षेत्रका विज्ञहरुको उपस्थितिमा सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ।

त्यस्तै उक्त सेशनहरुको सहजिकरण गर्नेहरूमा कन्क्लेभको सफल सञ्चालन तथा सहजिकरण तेजबिक्रम वली, प्रविनकुमार वली र रस्मिता गिरीले सहजीकरण गरेका थिए।

कन्क्लेभका मुख्य उद्देश्य “काम सानो वा ठूलो हुँदैन” भन्ने भावना फैलाउने,समाजमा सबै पेशा र व्यवसायको समान सम्मान हुनुपर्छ भन्ने सन्देश कन्क्लेभमार्फत स्पष्ट रूपमा प्रवाह गरिएको थियो ।विद्यार्थीहरूमा देखिने अन्योलता चिर्दै उज्ज्वल भविष्यको मार्गदर्शन गर्ने,प्यानलिस्टज्यूहरूले आफ्ना जीवन अनुभवहरू साटासाट गर्दै युवा पुस्तालाई आत्मविश्वास र प्रेरणाले भरिपूर्ण बनाएका थिए।

उक्त सम्मेलनका उपलब्धि मध्य पशुपालक लोकमान वलीले बाख्रापालनमा रुचि राख्ने युवाहरूका लागि ३ महिनाको निःशुल्क तालिम सञ्चालन गर्ने घोषणा गरे साथै, एक जोडी उन्नत जातको बाख्रा उपहारस्वरूप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मूर्तिकार टोपबहादुर डाँगीले मूर्तिकला सिक्न इच्छुक युवा–युवतीहरूलाई निःशुल्क सीप तालिम, पारिश्रमिकको व्यवस्था, साथै जागिरको ग्यारेन्टी समेत दिने घोषणा गरेका छ। ।

“”कक्षा देखि करियरसम्म आत्मानिर्भर सम्मेलन” २०८२” ले युवाहरूको भविष्य निर्माणमा मार्गदर्शक भूमिका निर्वाह गर्नुका साथै स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरताको सम्भावना उजागर गरेको कन्क्लेभ संयोजक तेजबिक्रम वलीले जानकारी दिए।

भरत खड्काको स्वागत गीतबाट सुरु भएको उक्त कन्क्लेभ जनज्योति नवप्रतिभा जनसंस्थाको आयोजनामा, सिद्धार्थ नमुना मा.वि.,घोप्टेओढार–३, गंगादेब, रोल्पाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रम २०८२ साल असोज १७ गते, लोकबहादुर वलीको अध्यक्षतामा सम्पन्न गरिएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार